0
Shares
काठमाडौं । टोखा नगरपालिका २ चण्डेश्वरीमा युवकको हत्या भएको छ । चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको हत्या भएको हो ।
हत्या आरोपमा प्रहरीले उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई पक्राउ गरेको छ ।
उनीहरूले विवादपछि फलामको रड प्रहार गरी लिम्बु गम्भीर घाइते बनाएका थिए । उनको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।