एमाले विधान महाधिवेशनः प्रतिवेदनमा छलफल गर्न १० समूह विभाजन

0 Shares

ललितपुर । सत्तारुढ दल नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि प्रतिवेदनमा छलफलका लागि १० समूह विभाजन गरिएको छ ।

महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा सबै प्रतिवेदन पेस भइसकेपछि दश समूह विभाजन घोषणा गरिएको हो । सात भौगोलिक प्रदेश, उपत्यका विशेष, जनसंगठन र सम्पर्क समन्वय र प्रवास तथा केन्द्रीय निकाय एवं आयोजक गरी दश समूह बनाइएको छ ।

यी समूहले राजनीतिक, साङ्गठनिक प्रस्ताव र विधान संशोधन प्रस्ताव तथा केन्द्रीय आयोगबाट प्रतिवेदन प्रस्तुत भएको थियो । महाधिवेशन ललितपुरको गोदावरीमा जारी छ ।

महाधिवेशनको पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेका थिए ।

सम्बन्धित समाचार