0
Shares
काठमाडौं । कृषि विकास बैंक रूकुम पूर्व शाखाका प्रबन्धक शिवशंकर गिरीको शव फेला परेको छ ।
सल्यानको बागचौर नगरपालिका ८ घर भएका ५२ वर्षीय गिरी शनिबार अपराह्न आफ्नै क्वाटरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वले जनाएको छ ।
उनी अपराह्न ४ बजेसम्म नउठेपछि बैंकका अन्य कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुगेपछि उनलाई सुतेकै अवस्थामा मृत भेटिएको हो ।
गिरीको क्वाटरमा बैंकका अन्य तीन कर्मचारी बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको शवलाई परिवारको सनाखतपछि पोस्टमर्टमका लागि पठाइने तयारी भइरहेको छ ।