0
Shares
काठमाडौं । मृत्युपछि आफन्तले खाडलमा गाडेका दुई बालबालिकाको शव खोटाङ प्रहरीले खाडलबाट निकालेर पोस्टमार्टमका लागि अस्पताल लगेको छ।
यही साउन २२ गते राति स्थानीय जंगलमा मृत भेटिएका दिप्रुङ चुइचुम्मा गाउँपालिका-३ निवासी गोविन्द बस्नेतकी ११ वर्षीय छोरी मेनिषा
र ६ वर्षीय छोरा मेगराजको शव आफन्तले प्रहरीलाई जानकारी नै नगराइ खाडलमा गाडेका थिए।
‘दुई दिनपछि उक्त शव खाडलबाट निकालेर हामीले पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएका छौँ,’ प्रहरी निरीक्षक सुशन मिश्रले भने, ‘ती बालबालिका भिरबाट लडेर मरेका भनिएको छ,’ मिश्रले भने, ‘तर, प्रहरीलाई कुनै जानकारी नदिइ शवको सद्गद् गरेको पाइएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।’