एनएमबी बैंकले ल्यायो ८.८९ प्रतिशत ब्याजदरमा ५ वर्षसम्मको कर्जा सुविधा

0 Shares

काठमाडौं । एनएमबी बैंकले विद्युतीय सवारी साधन (इभी) को प्रयोगलाई प्रोत्साहन गर्न नयाँ कर्जा योजना सार्वजनिक गरेको छ ।

एनएमबी बैंक लिमिटेडले ‘इभीको यात्रा, वातावरणको सुरक्षा’ नारासहित ल्याइएको यस योजना अन्तर्गत ग्राहकहरूले ८.८९ प्रतिशत निश्चित ब्याजदरमा ५ वर्षसम्मको लागि कर्जा सुविधा प्राप्त गर्न सक्ने एनएमबी बैंकले जनाएको छ ।

एनएमबी बैंकको यो पहलले आर्थिक रूपले सुलभ र वातावरणमैत्री सवारी साधनतर्फ ग्राहकको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार