काठमाडौँ । शरीरको तौल सन्तुलित हुँदा धेरै गम्भीर रोगको जोखिम कम गर्छ । स्वस्थ आहार र सक्रिय जीवनशैली अपनाएर तौल नियन्त्रणमा राख्न र गम्भीर रोगको सिकार हुनबाट बच्न सकिन्छ ।
सामान्य तौलको परिभाषा हरेक व्यक्तिको लागि फरक हुन्छ । मानिसको शरीरको प्रकार, उचाइ, उमेर र शारीरिक अवस्थाका आधारमा व्यक्तिको तौल फरक–फरक हुनसक्छ ।
मानिसहरूले सामान्यतया बडी मास इन्डेक्स ‘बीएमआई’को आधारमा तौल नाप्ने गर्छन् । बीएमआई निकाल्न आफ्नो उचाई मिटरमा र वजन केजीमा नाप्नुपर्छ । उचाईमा आएको मिटरलाई दुई पटक गुणन गरेपछि आउने प्रतिफलले वजनलाई भाग गर्दा जुन अंक आउँछ, त्यही बडी मास इन्डेक्स हो ।
उमेर र उचाइअनुसार सामान्य तौल निम्नानुसार छ :
उमेर अनुसार पुरुषको वजन
१२ देखि १४ वर्ष ३२–३८ केजी
१५ देखि २० वर्ष ४०–५० केजी
२१ देखि ३० वर्ष ६०–७० केजी
३१ देखि ४० वर्ष ५९–७५ केजी
४१ देखि ६० वर्ष ५८–७० केजी
६० वर्षभन्दा माथि ६८ केजी
उमेरअनुसार महिलाको तौल
१२ देखि १४ वर्ष ३२–३६ केजी
१५ देखि २० वर्ष ४५ केजी
२१ देखि ३० वर्ष ५०–६० केजी
३१ देखि ४० वर्ष ६०–६५ केजी
४१ देखि ६० वर्ष ५९–६३ केजी
उचाइद्वारा सामान्य वजन
४ फिट १० इन्च – ४१–५२ केजी
५ फिट – ४४–५५।७ केजी
५ फिट २ इन्च – ४९–६३ केजी
५ फिट ४ इन्च – ४९–६३ केजी
५ फिट ६ इन्च – ५३–६७ केजी
५ फिट ८ इन्च – ५६–७१ केजी
५ फिट १० इन्च – ५९–७५ केजी
६ फिट – ६३–८० केजी