बजारमा पैसा अधिक भएसँगै ५० अर्ब खिच्दै राष्ट्र बैंक

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ५० अर्ब रूपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता बढेसँगै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रकम उठाउने भएको हो ।

राष्ट्र बैंकले २८ दिनका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम कम्तीमा १० करोड रूपैयाँ र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ ।

सावाँ तथा ब्याज भुक्तानी आगामी भदौ ८ गते तोकिएको छ । यसको ब्याज दरसमेत बोलकबोलको माध्यमबाट हुनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याज दरमा गर्नुपर्ने छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

सम्बन्धित समाचार