सुनचाँदीको मूल्य आइतबार पनि बढ्यो

0 Shares

काठमाडौँ । सुन चाँदीको भाउ आइतबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आजका लागि तोकिएको भाउ सुन तोलामा ८०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढी हो ।

महासंघका अनुसार आइतबार सुनको मूल्य प्रति तोला १ लाख ९३ हजार ३०० रुपैयाँ तोकिएको छ । शुक्रबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर १ लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि, २०८२ वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको थियो ।

सुनसँगै चाँदीको भाउ पनि आइतबार तोलामा ५ रुपैयाँले बढेको छ। शुक्रबार प्रति तोला १५ रुपैयाँले बढेर २२८० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार २२८५ रुपैयाँ कायम भएको छ ।

यसअघि, असार ३० गते चाँदीको भाउ हालसम्मकै उच्च २३१५ रुपैयाँ पुगेको थियो ।

सम्बन्धित समाचार