दराज नेपालको ‘महाबचत बजार’ सेल घोषणा: सगरमाथा जत्तिकै उच्च बचत र २ करोडको भौचर

0 Shares

काठमाडौँ । नेपालको अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले ग्राहकहरूका लागि वर्षकै सबैभन्दा ठूलो अनलाइन किनमेल महोत्सव “महाबचत बजार” सेलको घोषणा गरेको छ ।

श्रावण २ गते (जुलाई १८, २०२५) देखि श्रावण १५ गते (जुलाई ३१, २०२५) सम्म सञ्चालन हुने यस भव्य सेल अन्तर्गत ग्राहकहरूले ८०% सम्मको उच्च छुट, निःशुल्क डेलिभरी, र २ करोड रुपैयाँ बराबरको भौचर लगायतका आकर्षक लाभहरू लिन सक्नेछन्।

अफर र प्रमुख आकर्षणहरू:-

“महाबचत बजार” सेल अन्तर्गत ग्राहकहरूले निम्न अफरहरूबाट फाइदा लिन सक्नेछन्: दैनिक फ्ल्याश सेल: हरेक दिन विभिन्न श्रेणीका उत्पादनहरूमा सबैभन्दा न्यून मूल्यमा आकर्षक अफरहरू उपलब्ध हुनेछन् ।

ब्रान्ड पार्टनर छुट:

प्लेटिनम पार्टनर (सिताफिल, किक, एईवीबी, मार्सियो, युनिलिभर): २५% सम्म छुट ।

गोल्ड पार्टनर (र्‍होटो, एंकर, मम्बड्स): ५०% सम्म छुट ।

सिल्भर पार्टनर (ब्रान्डहाउस, जीसीजी आईवेयर, न्यानो, अर्क): ६०% सम्म छुट ।

मेगा डिलहरू: रु. ८, रु. ४८, रु. ८४८, र रु. ८,८५८ मा विभिन्न मेगा डिलहरू उपलब्ध हुनेछन् ।

सीमित स्टकमा विशेष डिल: जियासिसको ८ केजी वासिङ मेसिन (रु. ४९,९९९), वानप्लस नोर्ड सीई फाइभ (रु ४८,९९९), अकारिटेक ४३ इन्च स्मार्ट एलईडी टीभी (रु. ३२,९४०), रेडमी नोट १४ फाइभजी (रु. ३०,९९९), भरटेक्स २४ इन्च गेमिङ मोनिटर (रु. १८,९९९) र अकारीटेक ६० लिटर रेफ्रिजिरेटर (रु. १६,९९०) लगायतका उत्पादनहरू सीमित स्टकमा मात्र रु. ८,८४८ मा उपलब्ध हुनेछन् ।

विशेष उपहार: दुईजना भाग्यमानी ग्राहकले रु. १०,४९९ पर्ने अल्टिमा वेभबारको १२० वाट क्षमताको साउन्डबार केवल रु. ८ मा खरिद गर्न सक्नेछन् ।

फ्ल्याट ६०% छुट: भ्यान्स, अर्क, नाइक, पोशिलो फुड्स, एमडब्ल्यूसी, कन्भर्स, टाइटेक्स, अलेवा लगायत १०० भन्दा बढी ब्रान्डका उत्पादनहरू फ्ल्याट ६०% छुटमा उपलब्ध हुनेछन् ।

बैंक तथा ईसेवामार्फत प्रिपेमेन्ट लाभ

दराजले ग्राहकहरूलाई थप लाभ दिन सात बैंकहरूसँग साझेदारी गरी अग्रिम भुक्तानीमा विशेष छुटहरू पनि उपलब्ध गराउने घोषणा गरेको छ। यस अन्तर्गत:

क्रेडिट कार्ड प्रयोगकर्ता: १५% छुट (रु. ७५० सम्म) ।

डेबिट कार्ड प्रयोगकर्ता: १०% छुट (रु. ५०० सम्म) ।

सहभागी बैंकहरू: नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, र गरिमा बैंक ।

ईसेवा वालेट प्रयोगकर्ता: रश आवर डिस्काउन्ट पनि प्राप्त गर्न सक्नेछन्। यो सुविधा सेल अवधिभर उपलब्ध हुनेछ ।

हाई भ्यालु रिवार्ड्स

महाबचत बजार महोत्सवका अवसरमा दराजले हाई भ्यालु पर्चेजमा हाई भ्यालु रिवार्ड्स प्रदान गर्ने योजना बनाएको छ। जस अन्तर्गत रु. १ लाख भन्दा बढी खर्च गर्ने ग्राहकले रु. १०,००० छुटको भौचर प्राप्त गर्न सक्नेछन् । श्रावण २ गते (जुलाई १९) राति १२ बजेबाट सुरु हुने यो अफर सीमित अवधिका लागि मात्र लागू हुने भएकाले दराजले सकेसम्म चाँडो लाभ उठाउन अनुरोध गरेको छ ।

बैंक अफर, दैनिक फ्ल्याश सेल, ईसेवा छुट, र मेगा डिलहरूका साथ आयोजना गरिने यो “महाबचत बजार” महोत्सव वर्षकै सबैभन्दा फाइदाजनक किनमेलको अवसर बन्नेमा दराज विश्वस्त रहेको छ ।

सम्बन्धित समाचार