एम्बार्क अनम्याथको ‘उद्यमी गणित’ कार्यक्रमः शैक्षिक गणितलाई व्यावहारिक प्रयोग

0 Shares

काठमाडौं । एम्बार्क अनम्याथ प्रा.लि.ले आज आफ्नो ‘उद्यमी गणित’ कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको घोषणा गरेको छ । यो एक वर्षे कार्यक्रमले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूको लागि परम्परागत गणित शिक्षालाई व्यावहारिक व्यापारिक तालिममा रूपान्तरण गरेको छ ।

यसले गणितीय सिद्धान्तलाई व्यापारिक सफलतासँग कसरी जोड्न सकिन्छ भन्ने कुरा प्रष्ट रूपमा देखाउँछ । साथै, यसले विद्यार्थीहरूलाई उद्यमशीलताको लागि तयार पार्दै उनीहरूको शैक्षिक आधारलाई बलियो बनाउँछ।

यस नयाँ कार्यक्रमबारे बोल्दै एम्बार्क अनम्याथ स्कुलका सहसंस्थापक दिवेश बठिजाले भने, ‘हामी यस प्रोग्राममार्फत विद्यार्थीलाई गणित मात्रै सिकाइरहेका छैनौँ, बरु व्यापारिक निर्णयलाई गणितले कसरी प्रभाव पार्छ भन्ने कुरा सिकाइरहेका छौँ ।’

सामान्य कक्षा कोठाको शिक्षणभन्दा फरक यो कार्यक्रमले छ वटा रणनीतिक विद्यालय भ्रमणमार्पmत वास्तविक व्यापारिक चुनौतीहरूलाई गणितीय सिकाइसँग जोड्छ । विद्यार्थीहरूले स्टार्टअप मानसिकता र बजार विश्लेषणबाट सुरु गरेर प्रोटोटाइप निर्माण र व्यापक व्यापारिक योजना तयार गर्नेसम्मको सिक्ने छन् ।

यो कार्यक्रम डिसेम्बर २०२५ मा एम्बार्क कलेजमा आयोजना हुने स्टार्टअप फेस्टमा समापन हुनेछ । त्यहाँ विद्यार्थीहरूले आफ्ना उत्पादनलाई पूर्ण रूपमा प्रदर्शन गर्ने छन् । संस्कृति इन्टरनेशनल स्कुल, युरो स्कुल हात्तीगौडा र आलोक विद्या श्रमलगायत तीन प्रतिष्ठित शैक्षिक संस्थानले यस कार्यक्रमलाई अपनाएका छन् । धेरै राम्रो पनि परिणाम पनि प्राप्त गरेका छन् ।

उद्यमी गणित कार्यक्रम लागू गर्न इच्छुक विद्यालयहरूले एम्बार्क कलेजको परिसरभित्र अवस्थित एम्बार्क अनम्याथमा+९७७ ९७०७०८७९४४ मा फोन गर्न वा [email protected] मा इमेल पठाउन सकिन्छ ।

सम्बन्धित समाचार