सुनको मूल्य स्थिर

0 Shares

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारकै मूल्यमा छापावाल सुन बजारमा कारोबार भइरहेको हो ।

जसअनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैबिच मंगलबार चाँदीको मूल्य भने घटेको छ ।

सोमबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार २७५ रुपैयाँ कायम भएको हो ।

सम्बन्धित समाचार