बलात्कारको मुद्दामा सन्दीपको बयान- गौशाला २६ सँग कुरा गर्दा कुर्चीमा निदाएँ, भोलिपल्ट होस्टल लगिदिएँ

0 Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफूसँग गौशाला २६ ले पढ्नका लागि सहयोग मागेको बयान दिएका छन् । यस क्रममा आफूले सकेको सहयोग गर्ने बचन दिएको बयानमा उल्लेख गरिएको छ । 

जिल्ला अदालत काठमाडौंले लामिछानेलाई गौशाला २६ लाई बलात्कार गरेको ठहर गर्दै आठ वर्ष जेल सजायसहित पाँच लाख रुपैयाँ जरिवाना र क्षतिपूर्ति भराउने गरी फैसला गरेको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले जाहेरवाली किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगिसकेको ठहर गर्दै असमान हैसियतका कारण लामिछानेले बलात्कार गरेको ठहर गरेको हो ।

यस्तै, बयानअनुसार लामिछानेले नगरकोटबाट फर्किने क्रममा गौशाला २६ रिसाएकी हुँदा मुड ठिक बनाउन गाडीमा गीत बजाइएको बयान दिएका छन् ।

लामिछानेले दिएको बयानमा ‘होटल काठमाडौं इन’को कोठामा कुराकानी गर्दा गर्दै कुर्चीमा निदाएको बताउँदै बिहान ६ बजे आलार्म बजेपछि बिउँझिएको बताएका छन् । बयानमा उनले आफूहरू करिब ६ः४५ बजे होटलबाट निस्केको बताएका थिए ।

बलात्कारको मुद्दामा सन्दीप लामिछानेले दिएको बयान

मैले सन् २०१६ देखि निरन्तर रूपमा नेपालको लागि अन्तर्राष्ट्रिय खेल खेल्दै आएको छु । सन् २०२१ डिसेम्बर देखि नेपाल क्रिकेट संघको आग्रहमा नेपाल क्रिकेट टिमको क्याप्टेनको रुपमा मलाई जिम्मेवारी दिई टिमको नेतृत्व गर्दै आएको छु । त्यस्तैमा निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ)(१)(०७९/०८०) र हाम्रो क्रिकेट टिमका खेलाडी देव खनालबिच एक आपसमा चिनजान रहेछ ।

देव खनालले मसँग फोटो खिचेका थिएँ । सो फोटो निजले पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ)(१)(०७९/०८०)लाई स्न्याप च्याटमा पठाएका रहेछन । त्यसपछि निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६(छ)(१)(०७९/०८०)ले मलाई स्न्याप च्याटमा friend requen पठाएकी थिईन् । मलाई मिति र समय याद भएन पछि देव खनाल र परिवर्तित नाम गौशाला २६ साथी रहेको कुरा पनि थाहा पाएपछि friend request accept गरेको थिए ।

निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ)(१)(०७९/०८०) ले मलाई समय समयमा स्न्याप च्याटमार्फत केही भिडिओ र फोटो पठाउने गरेको र मैले त्यसको बदलामा सामान्य उत्तर दिने गरेको थिए । सोही क्रममा सामान्य कुराकानी हुँदै गर्दा निजले मलाई विभिन्न कुराकानी गरी भेट्ने प्रस्ताव गर्नुको साथै म तपाईको Fan हुँ, तपाईंसँग एकदमै धेरै भेट्ने ईच्छा छ भनेकी थिईन ।

मैले निजलाई जबाफमा अहिले मसँग भेट्ने time छैन म करिब २ महिनापछि खेल सक्काएर फर्किन्छु त्यतिबेला भेटौला नि भन्दा निजले मलाई बारम्बार स्न्याप च्याटमार्फत म्यासेज गरी भेट्न कर गरेको र आफू दयनीय स्थिति रहेकोले मलाई तपाईंबाट केही help चाहिएको हुँदा तपाईंलाई भेटी केही व्यक्तिगत कुराहरु share गर्न मन छ भनेकोमा मैले के भयो how can I help you? भनी म्यासेज गर्दा होईन म भेटेर मात्रै यो कुराहरु भन्न सक्छु भनेको हुँदा मैले निजलाई ठिकै छ मलाई अहिले त फुर्सद छैन फुर्सद मिल्यो भने भेटौलानि भनेको थिएँ ।

मिति २०७९।०५।०५ गते साँझ करिब १६:००/१६:१५ बजेको समयमा निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ)(१)(०७९/०८०) लाई मैले फोन गरेको थिएँ । कुराकानीकै विचमा निजले फेरी पटक पटक भेट्ने प्रस्ताव गरेकी थिइन् । मेरो केही मिटिङ पनि थियो र म व्यस्त पनि भएकोले मैले निजलाई म आज अली व्यस्त छु मेरो केही मिटिङहरु पनि छन्, आज तिमीलाई भेट्न सम्भव छैन भन्दा निजले ठिक छ तपाई काम भ्याएर आउनु म होस्टेलमै पर्खी बस्छु भनेकी थिइन् ।

मेरो साँझ मिटिङ सक्कियो र मैले बेलुका करिब १९:०० बजेतिर होस्टेल पुग्नुअघि होस्टेलको लोकेशन माग्नको लागि निज परिवर्तित नाम गौशाला २६ (छ)(१)(०७९/०८०) लाई फोन गरी तिमी कहाँ हो म तिम्रो होस्टेलको बाटो हुँदै आउँदैछु भनेको थिएँ । निजले तपाई होस्टेल तिर नआउनुस् होस्टेल नजिकै little Kathmanda restaurant छ । तपाई त्यहि कुरेर बस्नुस म त्यहि आउँछु भनेकोले म little Kathmanda rest नजिकै सडकमा मेरो ०२६ च ४४४४ नम्बरको गाडीमा कुरी बसेको थिएँ ।

त्यसको करिब २/३ मिनेटपछि निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ)(१)(०७९/०८०) त्यहाँ आइन् र सिधै मेरो गाडीको अगाडीको सिटमा बसिन् । गाडीभित्र बसेपछि मैले निजलाई Hello/Hi गरी निज परिवर्तित नाम गौशाला २६ (छ)(१)(०७९/०८०) ले आफूलाई बोलाएकोले what’s your plan ? भनी सोधेकोमा निजले मलाई let’s go to nagarkot भनेकोमा मैले नगरकोट जान त सम्भव छैन बरु दरबारमार्गतिर जाउँ अनि कफि खाउँ भन्दा हैन मैले आज बिहानदेखि नै नगरकोट जाने mood बनाएको छु let’s go to nagarkot भनेकोमा मैले फेरी पनि आज सम्भव छैन भोली म game खेल्न केन्या जानुपर्ने छ र त्यसका लागि तयारी पनि गर्नुपर्ने छ भन्दा निजले मलाई होईन मैले होस्टेलबाट साथीहरुलाई पनि नगरकोट जाँदैछु भनी बताएर आएको छु एकछिन भएपनि नगरकोट गएर आउनुपर्छ भनी कर गरेको गन्यै गरेपछि मैले खाजा खाएर फिर्ता आउने शर्तमा निजको चित्त नदुखोस् भनी निजको कुरामा सहमत भई हामी दुबैजना नगरकोट गएका थियौं ।

निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ)(१)(४०७९/०८०) को नगरकोट जाने पूर्व तयारीको बारेमा मलाई केही जानकारी थिएन । त्यहि पनि मैले निजको चित्त नदुखोस भनी गएको थिए । नगरकोट जाने क्रममा बाटोमा सामान्य कुराकानी हुँदा मैले निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ)(१)(०७९/०८०) को बारेमा सोध्दा निजले मलाई आफु होस्टेलमा बसी १२ कक्षामा अध्ययन गर्दै गरेको र आफु १९ वर्षमा चलिरहेको कुरा बताएकी थिईन् । बाटोमा जाँदै गर्दा भक्तपुरको दरबार स्क्वायर पुग्दा निजलाई मैले नगरकोट पुग्दा ढिलो हुन्छ फेरी तिम्रो होस्टेल पनि बन्द हुन्छ फेरी पनि यतैकतै खाजा खाउँ र फर्किउँ भन्दा निजले होईन मेरो होस्टेल बन्द हुदैन जति बेला पनि खुल्ला हुन्छ र मलाई नगरकोटबाट साँझको view अवलोकन गर्न पनि ईच्छा रहेको भनेको हुनाले हामी नगरकोट गएका थियौं ।

नगरकोट जाने क्रममा मैले देव खनाल र निज परिवर्तित नाम गौशाला २६ (छ)(१)(०७९/०८०) को मित्रताको बारेमा समेत राम्रोसँग सोध्दा निजले देव खनालको खेलबाट प्रभावित भएर सन् २०२२ मार्चमा सोसल मिडियामार्फत देव खनालसँग चिनजानमा भएको कुरा बताएकी थिइन् । नगरकोट जाने क्रममा हामी बिच धेरै जसो कुरा क्रिकेट र मेरो संगीतको बारेमा भएको थियो । हामीले नगरकोटमा बस्ने योजना बनाएका थिएनौ ।

म प्राय जसो आफ्नो Family र साथीहरुसँग कहिले काँही नगरकोट घुमघाम गर्न जाने गरेको हुँदा नगरकोटमा रहेको बोजिनी रिसोर्टमा पूर्व चिनजान रहेको भए तापनि हामी दुईजना बिच खाजा खाएर फिर्ता हुने कुरा भएकोले मैले रिसोर्टमा पनि जानकारी गराएको थिइन । करिब २०:३० बजेतिर हामी बोजिनी रिसोर्टमा संगीत सुन्दै हाँसी खुसीका साथ गएका थियौं । उक्त रिसोर्ट पुगी सकेपछि हामी दुबै जना रिसोर्टको बाहिर बसी सामान्य कुराकानी गरी केही समयमा खाजा अर्डर गरेका थियौं ।

हामी दुबै जनालाई संगीत मन पर्ने र निज परिवर्तित नाम गौशाला २६ (छ)(१)(०७९/०८०) लाई गीत गाउन धेरै नै मनपर्ने र मलाई गीत सुन्ने ईच्छा जागेकोले मैले आफ्नो गाडीमा राखेको गितार लिई आई हामी दुबैजना भई रिसोर्टको बाहिर बसी केही गीत गाउँदै रमाईलो गरेका थियौं । केही समय पछि खाजा आयो र हामीले खाजा खायौं । खाजा खाएपछि म रेलिङमा आड लगाई काठमाडौंको view हेरी रहेको थिएँ । त्यसै बिचमा निज परिवर्तित नाम गौशाला २६ (छ)(१)(०७९/०८०) मेरो पछाडी आई मेरो काँधमा आफ्नो टाउको अड्याई उभिएकी थिईन् ।

त्यसरी उभिँदा मलाई असहज भएपछि मैले अब हामी जाने होईन ढिला भैसक्यो रात पर्‍यो तिम्रो होस्टेल पनि बन्द हुन्छ भन्दा निजले ढिला भएको छैन होस्टेल जति बेलासम्म पनि खुलेको हुन्छ र ढिला भए पनि केही छैन यतै बसौँला भन्ने कुरा गरेपछि मैले हुँदैन तिम्रा साथीलाई तिमीले मसँग आएको छु भनी बताएकी छौँ फेरी हामी फर्किने गरी आएको भोलि मेरो आफ्नो कामको तयारी गर्नु पर्ने छ तिमी बुझ्न भन्दा निजले सायद सन्दिप मसँग बस्दैन भनेर होला रिसले मुरमुरिएर मलाई गाडीको ढोका खोली दिनुस् भनेपछि मैले टाढैबाट गाडीको लक खोलिदिएको थिएँ ।

त्यसपछि निज परिवर्तित नाम गौशाला २६ (छ)(१)(०७१ /०८०) गाडीमा गई बसिन् भने म बिल तिर्न काउण्टरमा गएँ । बिल तिरी सकेपछि हामी दुबै जना करीब २३:०५ बजेको समयमा नगरकोटको बोजिनी रिसोर्टबाट हिँडेका थियौँ । हामी बोजिनी रिसोर्टबाट फर्किने क्रममा निज परिवर्तित नाम गौशाला २६ (छ)(१)(०७९/०८०) केही रिसाएकी थिइन् । मैले निजको मुड ठिक गर्नका लागि गाडीमा मिठो गीत लगाएँ । त्यसको केही छिनपछि कुराहरु सामान्य हुन थाल्यो । करिब २३:१५ बजेतिर हुनुपर्छ मलाई निज परिवर्तित नाम गौशाला २६ (छ)(१)(०७९/०८०) को ठ्याकै होस्टेल कहाँ पर्छ भन्ने थाहा थिएन त्यसैले काठमाडौंको जडिबुटी कटेपछि मैले निजलाई होस्टेलको डिटेल सोधी पुयाईदिन्छु भन्दा कहाँ हुन्छ यति राती भई सक्यो होस्टेल बन्द भईसक्यो होस्टेल खुल्दैन भन्न थालिन् ।

निजको त्यो कुरा सुनेर म एकछिन छक परेँ । अघि तिमीले आफ्नो होस्टेल जतिबेला पनि खुल्छ भनेकी होईनौ अहिले होस्टेल बन्द भयो भन्छौ भनेकोमा सोही क्रममा निजलाई एउटा फोन आएको थियो तर निजले फोन उठाईनन् र म्यासेज मार्फत आफ्नो साथीलाई HE DROPPED ME AT MY FRIEND’S PLACE AND I AM SAFE. I WILL COME TOMMOROW MORNING भनी म्यासेज लेखी पठाएपछि मैले किन यसरी झुठ बोलेको भोली कसैले थाहा पाए भने तिमीलाई नराम्रो सोच्छन् भन्दा DON’T WORRY फेरी पनि होस्टेल बाहिरबाट कोही कसैले फोन गर्‍यो भने म होस्टेलमा छु भन्छु र होस्टेल भित्रबाट फोन आयो भने म साथीकोमा छु भन्छु चिन्ता लिनु पर्दैन भन्ने कुरा गरिन् ।

निजले होस्टेल जति बेला पनि खुल्छ भनेकी थिईन तर उक्त कुरा झुठो बोलेकी रहिछिन भन्ने कुरा मलाई आभास भयो । त्यसपछि निजले कुरा गर्दै थिइन् कुरैकुरामा निजले मलाई तपाईंसँग कुरा गर्ने पुगेको छैन म आज तपाईंसँग जान्छु तपाईंसँग धेरै कुरा गर्नुछ र मेरा केही व्यक्तिगत कुराहरु पनि गर्न बाँकी छ भनेकोमा मैले निजलाई उसो भए म अहिले हायात होटलमा बस्दै आएको छु हायात होटलमा जाउँ म तिमीलाई एउटा कोठाको प्रबन्ध गरी दिन्छु त्यहिं गएर तिम्रा कुराहरु सुन्छु भनी प्रस्ताव राखेको थिएँ ।

निज आत्तिदै त्यहाँ सबै खेलाडीहरु हुन्छन् त्यसमाथी देव पनि त्यही हुन्छ भन्दै आनाकानी गर्न थालिन् । निज आनाकानी गरेको देखि ठिकै छ नि तम भोली क्रिकेटका लागि बाहिर जानु छ अरु सबै खेलाडीहरु हायातमा बसेका छन मलाई जसरी भए पनि पुग्नु पर्छ ।

म तिमीलाई मैले चिनेको र म लगायत अन्य खेलाडीहरु कहिलेकाँही क्याम्पका लागि जाने Hotel Kathmandu In मा फोन गरी एउटा कोठा बुक गरिदिन्छु म पनि एक छिन तिम्रो कुरा सुनेर जाउँला बरु तिमीलाई होस्टेलसम्म पुर्‍याईदिनका लागि बिहानै उठेर आउँला भनेकोमा निजले हुन्छ भन्ने कुरा गरिन् र मैले तत्काल Hotel Kathmandu In मा फोन गरी एउटा कोठा बुक गरिदिएको थिएँ । Hotel Kathmandu In मा पुगेपछि मैले निजलाई तिमी जाँदै गर म गाडी पार्किङ गरेर आउँछु भनेपछि निज गाडीबाट आफ्नो मोबाईल र मास्क लिई गइन् भने म गाडी पार्किङ गर्न गएको थिए ।

मैले गाडी पार्किङ गरी होटलभित्र छिरी कोठाको बारेमा सोध्दा निज परिवर्तित नाम गौशाला २६ (छ)(१)(०७१/०८० ले कोठाको चाबी लिई पहिले नै कोठा नं.४०७ को कोठामा गएकी रहिछिन् । म त्यहि कोठामा गएँ । कोठामा पुगी ए.सी. नचलेको देखि मैले होटलको स्टाफलाई ईनफर्म गरे । त्यसपछि कोठाको ए. सी. बिग्रेको हुनाले निज परिवर्तित नाम गौशाला २६ (छ)(१)(०७९/०८०) ले रुम चेन्ज गर्न आग्रह गरिन् र मैले निजले भने अनुसार होटलको रिसेप्सनमा पुगेर अर्को कोठाको चावी लिएर करिब २३:५५ बजेतिर ३०५ नम्बरको कोठामा गएको थिएँ । कोठामा पुगिसकेपछि म कुराकानी गर्नका लागि कुर्चीमा बसें । म पछि निज आएर कोठाको ढोका लगाई भित्रबाट लक गरेकी थिईन् ।

मैले किन ढोका लक गरेको भन्दा केही हुदैन it’s ok भन्दै जवाफ फर्काईन् । मैले यो कुरालाई सामान्य रुपमा लिएर कुर्चीमा बसिरहें भने निज बेडमा बसिन् र कुराकानीकै बिचमा म फ्रेस हुनका लागि बाथरूम गई पुनः कुर्चीमा आई बसें । त्यसपश्चात खेल जीवनका बारेमा निजसँग कुराकानी भएको थियो । सोही क्रममा मेरो व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा मैले मेरो girl friend रहेको र छिटै मेरो १/२ वर्षमा विवाह गर्ने योजना बनाएको कुरा समेत गरेको थिएँ ।

त्यसपछि मैले तिम्रो बारेमा भनन त भन्दा मेरो घर नुवाकोट हो तर म बिरगञ्जमा जन्मेकी हुँ अहिले म काठमाडौँमा होस्टेलमा बसेर अध्ययन गर्दै आएको छु । मेरो बुवा र आमाको सम्बन्ध बिच्छेद (divorce) भएको छ । मेरो बाबु आमाको सम्बन्ध बिच्छेदका कारण मैले राम्रोसँग पठन पाठन गर्न पाएको छैन । मैले कहिले काठमाडौं त कहिले पोखरा गर्दै बिचबिचमा विद्यालय परिवर्तन गर्दै अहिले पुनः काठमाण्डौमा १२ कक्षामा अध्ययन गरेको कुरा मलाई बताइन् । निजले आफ्नो बाबु आमाका कारण धेरै दुःख पाएकी र घरको आर्थिक स्थिति समेत राम्रो नरहेको कुरा बताइन् ।

कुराकानीको क्रममा निज उदास देखिएकोले मैले don’t worry सब ठिक हुन्छ दुखी नहोउ भन्ने कुरा गरे । निजको आर्थिक अवस्था ठिक नरहेकोले निजले मलाई sponsership का लागि समेत कुरा गरेको र sponsership ले आर्थिक रुपमा सहयोग हुन्छ भनेकोले मैले ठिकै छ म पनि हेरौँला के गर्न सकिन्छ भनेको थिएँ । निजले कुरा गर्दागर्दै निज फेरि उदास भएको देखेपछि मैले केही गीत सुनाएँ र त्यसपछि निजको अनुहारमा खुसीदेखि मलाई पनि खुसी लाग्यो ।

कुराकानी गर्दागर्दै करिब ०३:४५/०४:०० बज्यो । कुराकानी कै क्रममा निज आफैले म अहिले १९ वर्षको भएँ र मैले पहिले जन्मदर्ता बनाएको थिएँ । मलाई भविष्यमा धेरै कुराहरुमा सजिलो हुन्छ भनेर आमा बुबाको सहयोगमा उमेर घटाई अर्को जन्मदर्ता बनाएको छु भन्ने कुरा समेत गरेकी थिईन । यो कुरा सुन्दा निज माथी शंका लागि तत्कालै होटल जाने सोच बनाएँ । त्यसपछि मैले निजलाई म अहिले होटल जान्छु म तिमीलाई भोलि बिहान होस्टेलसम्म पुन्याई दिन आउँछु भन्दा निजले तपाई अहिले जाँदा आउँदा १ घण्टा जति लाग्छ त्यति बेलासम्म त म पनि जाने बेला हुन्छ त्यो भन्दा बरु तपाई यँही बस्नुस् हामी यही कुराकानी गरौंला भनी आग्रह गरिन् ।

त्यसपछि मलाई निजले भनेको कुरा पनि ठीक लाग्यो । जाँदा आउँदा अझ ढिलो हुन्छ त्यो भन्दा बरु अर्को कोठा लिन्छु म त्यँही सुत्छु र बिहानै तिमीलाई होस्टेल पुन्याई दिन्छु भन्दा समेत निजले मलाई अर्को कोठा लिन दिईनन् र निजले मलाई कोठामा मलाई एक्लै बस्न डर लाग्छ तपाई बरु यही बस्नुस् । हामी यही बसी अझै केही गफ गरौंला भनी कर गर्न थालिन् । म धेरै बेर कुर्सीमा बसेको देख्दा निजले मलाई बेडमा आएर बस्न समे आग्रह गरेकोमा हैन म यही ठीक छु भन्दै निजको आग्रहलाई अस्विकार गरी कुर्चीमा बसें निज बेडमै थिइन् ।

मैले मेरो मोबाईलमा बिहानको ६:०० बजे alarm लगाई कुराकानी गर्दा गर्दै म कुर्चीमा निदाएँ । बिहान ६:०० बजे alarm बजेपछि म निद्राबाट बिउँझिएर हेर्दा निज सुतेकी थिईन् । मैले निजलाई उठाएँ । म फेरी बाथरुममा फ्रेस भई आई निजलाई तिमी breakfast मा केही लिन्छौ भनी सोधेकोमा निजले मलाई तपाईलाई जान ढिलो हुन्छ बरु म होस्टेलमा गएर खान्छु भन्ने कुरा गरेपछि करिव ६:४५ बजे तिर हामी होटलबाट निस्केका थियौं ।

कोठाबाट सँगै निस्किने क्रममा म भर्याङबाट छिट्टै तल गई पार्किङमा राखेको गाडी लिन गएँ भने निज पनि खुसी हुँदै होटलबाट बाहिर निस्की गाडीमा आई बसिन् र हामी दुबैजना निजको होस्टेलतिर गई मैले निजलाई होस्टेल नजिक छाडी दिएको थिएँ । त्यसपछि म पनि आफ्नो होटलतिर लागें र सोही साँझ म लगायत मेरो क्रिकेट टिम भई केन्यातर्फ लागेका थियौं । केन्या गएको दिनसम्म हाम्रो स्न्याप च्याटमा कुराकानी भएको थियो ।

मैले निजलाई म अब आफ्नो काममा busy हुन्छु game मा focus गर्नु पर्छ भनेको थिएँ । त्यसपछि निजसँग मेरो कुराकानी भएको थिएन । मिति २०७२।०५।२२ गते मैले सोसियल मिडियामार्फत एक्कासी पीडित भनिएकी निज परिवर्तित नाम गौशाला २६ (छ)(१)(०७९/०८०) को दाई परिवर्तित नाम गौशाला २६ (छ)(१)(०७९/०८०) ले म उपर जबरजस्ती करणी मुद्दामा जाहेरी दरखास्त दिएको कुरा मैले थाहा पाएको हुँ ।

निजले आफ्नो उमेर १९ वर्ष पुगिसकेको र आफ्नो boy friend समेत भएको बताएको हुनाले मैले साथीको नाताले निजसँग सतर्कता अपनाउनुको साथै निज उदास भएको देखि मैले गीतको माध्यमबाट सहज महसुस गराउने प्रयास समेत गरेको थिएँ । होटलको कोठामा बस्दा आ-आफ्नो स्थानमा छुट्टाछुट्टै बसी घरायसी व्यक्तिगत तथा पेशागत कुराकानी मात्र गरी बसेका हौं भन्ने समेत बेहोराको प्रतिवादी सन्दिप लामिछानेले अनुसन्धान अधिकारी समक्ष गरेको बयान ।

सम्बन्धित समाचार