0
Shares
काठमाडौं । भारतले इरानमा फसेका नेपाली निकाल्न मद्दत गर्ने बताएको छ।
इरानस्थित भारतीय दूतावासले आफ्ना छिमेकी मुलुक नेपाल र श्रीलंकाका नागरिकलाई इरानबाट निकाल्न सहयोग गर्ने जानकारी दिएको हो।
भारतीय दूतावासले आफ्नो एक्स अकाउन्टमा पोस्ट गर्दै भनेको छस् ‘नेपाल र श्रीलंका सरकारको अनुरोधमा अब भारतीय दूतावासले इरानमा फसेका नेपाल र श्रीलंकाका नागरिकहरूलाई निकाल्न पनि मद्दत गर्नेछ।’
भारतीय दूतावासले इरानमा फसेका नेपाली र श्रीलंकाली नागरिकहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ। यसका लागि भारतीय दूतावासले टेलिग्राम च्यानल र आपतकालीन नम्बर पनि सार्वजनिक गरेको छ।
यी हुन् नम्बर :
+९८९०१०१४४५५७; +९८९१२८१०९११५; +९८९१२८१०९१०९)