0
Shares
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक अपराह्न २ बजे संसद् भवनमा बोलाइएको जानकारी दिए ।
बैठकमा आगामी सोमबारदेखि हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले बताए ।
संसद्मा जति सक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नु पर्ने भूमिकाका बारेमा पनि छलफल गरिने उनले बताए ।