काठमाडौँ । नेपाली बजारमा आज बिीबार सुनको मूल्य बढ्दा चाँदी को भाउमा भने गिरावट देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको हो भने चाँदी तोलामा १५ रूपैयाँले घटेको छ ।
महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलामा १ लाख ९२ हजार ९०० रूपैयाँ पुगेको हो । अघिल्लो दिन बुधबार तोलामा १ हजार ३०० रूपैयाँले बढेर १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो दुइ दिनमा मात्रै सुन २ हजार ९०० रूपैयँले महङ्गिएको छ ।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ । बिहीबार एक तोला चाँदीको भाउ २ हजार १५० रूपैयाँ तोकिएको हो । हिजो बुधबार २ हजार १६५ रुपैयाँ थियो । यो हालसम्मकै उच्च मूल्य हो ।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र डलरको भाउको असरले नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३३७१ दशमलव ८९ डलरमा कारोबार भएको छ । यस्तै चाँदी चाँदीको भाउ प्रतिऔंस ३६ दशमलव ३६ डलर छ ।
अन्तर्राष्ट्रिय बजार भाउमा हुने उतार चढावका आधारमा नेपाली बजारमा सुनको भाउ निर्धारण हुँदै आएको छ । नेपालमा शनिबार बाहेक हप्तामा ६ दिन सुनको भाउ निर्धारण हुने गरेको छ ।