आजदेखि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

0 Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।

बुधबार बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर चार, डिजेल–मट्टितेलमा दुई र एलपी ग्यासमा १५ बढाइएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

अब काठमाडौंमा प्रतिलिटर पेट्रोलको मूल्य १७०, डिजेल, मट्टितेलको मूल्य १५८ र खाना पकाउने एलपी ग्यासको मूल्य एक हजार ९१० कायम भएको छ ।

सम्बन्धित समाचार