0
Shares
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मंगलबारसम्म जारी रहने भएको हो ।
आइतबारदेखि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव बढेको छ । साथै, बंगालको खाडीबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको प्रभाव छ । जसले नेपालमा वर्षा गराएको हो ।
बागमती प्रदेशका चितवन, काठमाडौं, ललितपुर लगायतका केही जिल्लामा असिनासमेत परेको छ । सोमबार र मंगलबार पनि कोशी, मधेस र बागमती प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार लुम्बिनी प्रदेशमा पनि हल्का वर्षा हुने प्रक्षेपण छ । हिमाली भेगमा भने हल्का हिमपातको सम्भावना छ ।