आमाको कसमले पनि सुनेन रविन्द्रको याचना, थप ६ दिन थुनामा

0 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि अनुसन्धान थप ६ दिनको म्याद थपिएको छ । काठमाडौं जिल्ला अदालतले उनीमाथिको अनुसन्धानका लागि आइतबार पाचौँ पटक म्याद थप गरेको हो ।

उनले बहसका क्रममा आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा विना कारण एक महिनादेखि हिरासतमा राखिएको दाबी गरेका थिए ।

मिश्रले न्यायका लागि न्यायाधीशसमक्ष याचना गर्दै आमाको मुख हेर्ने दिनमा आमाको कसमसमेत खाएका थिए । राज्यले गरेको गल्तीलाई न्यायालयले मात्रै सच्याउन सक्ने भन्दै उनले आजै रिहा गरिदिन माग गरे ।

गत चैत १५ गते भएको राजावादीहरुको हिंसात्मक आन्दोलनको जिम्मेवार भन्दै मिश्रसहितका नेता पक्राउ परेका छन् ।

सम्बन्धित समाचार