काठमाडौं । आजभोलि गाडी तथा मोटरबाइक विलासी जीवनका लागि भन्दा बढी आवश्यक्ता बनेको छ । ‘प्रोडक्टिभिटी’ बढाउन आफ्नै सवारी साधन भएका व्यक्तिलाई सजिलो हुने गरेको छ ।
यसैले धेरैलाई आफ्नै गाडी तथा मोटरबाइक किन्ने सपनासँगै चाहना हुने नौलो होइन । साधन भएमा आफ्नै समयअनुसार हिँड्न मिल्ने भएकाले पनि मानिसहरू व्यक्तिगत सवारी साधन होस् भन्ने सोचेका हुन्छन् । यसले काम गर्न होस् वा घुम्न जान आफ्नो समयअनुसार जान सकिन्छ ।
सबैलाई आफ्नै सवारी साधन होस् भन्ने लागे पनि नयाँ किन्न कि पुरानो भन्ने प्रश्नले अन्योल बनाएको पाइन्छ । नयाँ सवारी साधन किन्न एकसाथ धेरै पैसा खर्च हुने भएकाले पनि पुरानो किनेर केही पैसा बचत गर्ने दोधारमा रहेका हुन्छन् कतिपय व्यक्तिहरू । बजारमा नयाँ पुराना दुवै खाले सवारी साधन पाउँछ । तर, नयाँ लिने कि पुरानो ?
यदि, तपाईले नयाँ सवारी साधन किन्दै हुनुहुन्छ भने त्यो सोरुमको मूल्यअनुसार खर्च हुन्छ । महंगो हुन्छ । तर, केही वर्ष चलेको गाडी तथा मोटरबाइक मेकानिकललाई देखाएर किनेमा नयाँभन्दा ४०/५० प्रतिशतको कम मूल्यमा पाउन सक्नु हुन्छ ।
यसमा पुरानो सवारी साधन किनेर बाँकी पैसा जोगाउन सक्नु हुन्छ वा कुनै विषयमा लगानी गर्न सक्नु हुन्छ । नयाँ सवारी साधन चढ्ने कि पुरानो त्यो तपाईको कुरा हुन्छ ।
आफ्नो सवारी साधन चढ्ने रहर पनि पूरा हुने पैसा जोगाएर कतै लगानी गर्नुपर्छ भन्ने हो भने, राम्रो कन्डिसनको सवारी साधनलाई राम्रोसँग जाँच गरेर किन्दा राम्रो हुन्छ । त्यसैले सेकेण्ड हेण्ड सवारी साधन तपाईका लागि राम्रो अप्सन हुन सक्छ ।