वैशाख २ गते तपाईंको दिन कति शुभ, राशीमा के छ ?

0 Shares

आज मिति २०८२ वैशाख २ गते मंगलबार । सन् २०२५ अप्रिल १५ तारिख । नेपाल सम्बत ११४५ चिल्लागा द्वितिया तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ३९ मा भयो भने सूर्यास्त साँझ ६ बजेर २८ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः

मेष

लाभ हुने काम प्रारम्भ गर्ने समय छ, तर श्रमको उचित परिणति नमिलेको अनुभूति हुनसक्छ । तपाईंका कमी कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । अरूकै लागि बुद्धि खर्चनुपर्ने योग छ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर हुनेछ । साँझदेखि स्थितिमा सुधार आउने छ ।

बृष

दिन शुभदायी छ । छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त होला । विभिन्न भौतिक साधन संग्रह गर्ने मौका जुर्नेछ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने योग छ । बिनाप्रतिस्पर्धा धनलाभ होला । आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ ।

मिथुन

व्यस्तता वृद्धि भएपनि अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । उपलब्धिले उत्साह जगाउने छ । विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल रहला । कतै अतिथिको रूपमा सम्मान पाइने योग छ ।

कर्कट

आजको दिन हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ ।

सिंह

रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यवसायमा राम्रै फाइदा होला । स्वास्थ्यमा भने अलिक कमजोरी अनुभूति हुनसक्छ, आहारविहारमा खास ध्यान राख्नुहोला । मध्याह्नपछि व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ ।

कन्या

आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अवसरवादीहरूले झुक्याउन सक्छन् । तपाईंको मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । कमजोर मानसिकताले पछि परिएला । तथापि, शुभचिन्तकहरूले सहयोगका लागि तत्परता देखाउने छन् ।

तुला

प्रतिस्पर्धीलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर रहला । हिम्मतले काम बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने सम्भावना देखिन्छ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने मौका जुर्ने छ ।

बृश्चिक

शुभदायी दिन छ । चिताएको काममा सफलता मिल्ने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कतै अतिथिका रूपमा सम्मान पाइएला । साथै टाढाको यात्राको पनि योग रहेको छ । व्यवसायले यात्राको अवसर जुटाउन सक्छ ।

धनु

महत्वपूर्ण कार्यमा शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने समय छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । इर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । स्वास्थ्यावस्था पनि केही कमजोर रहनसक्छ । अरुको भरपर्दा काम बिग्रन सक्ने योग छ ।

मकर

दैनिकीमा परिवर्तन आउन सक्छ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिने दिन छ । साँझतिर अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन्, सजग रहनु होला ।

कुम्भ

विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्ने समय छ । रोकिएका काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुने छन् । नसोचेको धनलाभ हुन सक्छ । व्यापारमा राम्रै फाइदा हुने योग छ । तथापि, पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ ।

मीन

नयाँ काम प्रारम्भ गर्न सकिने छ । व्यापारमा राम्रै धनलाभ होला । शुभचिन्तकले राम्रो सहयोग जुटाउने छन् भने प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ । चिताएको काम पनि पूरा हुने देखिन्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्ला । मिठो भोजन जुर्ने छ ।

सम्बन्धित समाचार