0
Shares
काठमाडौं । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले वृद्धि भएको छ । वृद्धि हुने मूल्य आज सोमबारदेखि लागु हुनेछ ।
योसँगै पेट्रोल प्रतिलिटर १७५ पुगेको छ । नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको निर्णयअनुसार सोमबारदेखि नयाँ मूल्य लागू हुने भएको हो ।
निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएको हो । निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको विज्ञप्तिमा जनाइएको छ ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य रुपैयाँ १७२ रुपैयाँ ५० पैसा रहेको छ ।
यस्तै, दोस्रो वर्गअन्तर्गतका काठमाडौं, पोखरा र दिपायल जिल्लामा प्रतिलिटर १७४ मूल्य कायम गरिएको छ ।