आज नयाँ वर्ष विं.सं. २०८२ वैशाख १ गते सोमबार । सन् २०२५ अप्रिल १४ तारिख । नेपाल सम्बत ११४५ चिल्लागा पारू, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वैशाख कृष्ण प्रतिपदा तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ४० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २७ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
दिन खास उत्साहजनक नरहन सक्छ । महत्वपूर्ण कार्यमा समयमै होस नपुग्नाले केही चुनौती झेल्नुपर्ने देखिन्छ, होसियारीसाथ काम लिने प्रयत्न गर्नुहोला । लापर्वाहीले अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिनसक्ने योग छ । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्य केही कमजोर रहन सक्छ, विशेष सजगता अपनाउनु हितकर हुनेछ ।
बृष
केही चुनौतीयुक्त समय छ । जिम्मेवारी बढ्नेछ भने बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । प्रक्रिया नमिल्नाले पगरिसकेको काम पनि दोहोऱ्याउनुपर्ने हुनसक्छ । टीका टिप्पणी गर्ने सक्रिय रहलान् । गल्तीविना नै आक्षेप लाग्नसक्ने योग छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्न सक्छ । पारिवारिक समस्याको भने समाधान मिल्ने देखिन्छ । आफन्तको साथले उत्साह जागृत होला ।
मिथुन
गरिएका कामको राम्रै मूल्यांकन हुने समय छ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्ला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्ने छ भने साझेदारी काममा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्ने छन् । यात्रापरक कार्य सफल रहनेछ । स्वास्थ्य पनि सबल रहला ।
कर्कट
पराक्रम वृद्धिका साथै कीर्तिमानी काम गर्ने समय छ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । अवसर प्राप्त हुनुका साथै उत्साहजनक ढङ्गले काम होला । दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । व्यापारमा राम्रै प्रशस्त फाइदा होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । रसरागको भाव वृद्धि होला । प्रतिस्पर्धी परास्त हुनेछन् । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्ने छ ।
सिंह
मिश्रित फलदायी सकय छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । आक्षेप लगाउने सक्रिय हुनेछन् भने समयको पावन्दीलाई ख्याल गर्न नसक्दा महत्वपूर्ण अवसर गुम्न सक्छ । व्यवसायमा पनि सोचेअनुसारको फाइदा हुने देखिन्न । स्वास्थ्य सबल रहनेछ । यात्रापरक कार्य सम्पन्न होला । विनाकारण साथीभाइ टाढिन सकन्छ, सावधानीपूर्वक व्यवहार गर्नु उचित हुनेछ । कलात्मक काममा आंशिक सफलताको योग छ ।
कन्या
मिश्रित फलदायी समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । फाइदाका पछि लाग्दा मित्रजनसँगको सम्बन्ध बिग्रन सक्छ । आँटले प्रतिस्पर्धीलाई पनि हराउन सकिनेछ, अवसरले उत्साह जगाउने छ । तर, साँझदेखि परिस्थिति अलिक प्रतिकूल बन्ने देखिन्छ, सजग रहनुहोला । आरोग्यबल बढ्ने छ । यात्रामा सफलता प्राप्त हुनेछ ।
तुला
दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । मेहनतले आम्दानी बढाउला । श्रमको उचित मूल्यांकन हुनेछ भने आजको कामबाट राम्रै धनलाभ हुने देखिन्छ । दिनको पछिल्लो प्रहरदेखि सहयोगीले उत्साह जगाउनेछन् । आम्दानी बढ्ने छ भने परिवारजनका आवश्यकता पूरा हुने छन् । रसरागात्मक काममा आकर्षण बढ्ने छ । यशवर्चश्व बढ्ने छ ।
बृश्चिक
व्यावसायिक काममा खर्च बढ्ने छ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउने समय छ । बौद्धिक चिन्तनले नयाँ विचार जन्माउला । तार्किक क्षमता बढ्नेछ भने अध्ययन–अध्यापनमा प्रगति हुने देखिन्छ । सावधानीले सामान्य फाइदा उठाउन सकिएला । शुभता बढेर रोकिएको काम बन्ने छ । सामर्थ्य वृद्धि हुनेछ ।
धनु
कर्मबलका साथै व्यस्तता वृद्धि हुनेछ । चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ । कुरा लगाउनेले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि दिन फलदायी रहला । खास योजनाको कार्यान्वयनमा केही चुनौती देखापर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
मकर
स्वास्थ्य केही कमजोर रहनाले कार्य सम्पादनमा असर पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ, सजग रही कार्य–व्यवहार गर्नुहोला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । काम बिग्रने डरले ब्यर्थमा सताउन सक्छ, सजग रहनुहोला । सामाजिक दायित्व बढ्ने छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । प्रतिकुलताका बाबजुद दायित्व पूरा गर्नु हुनेछ ।
कुम्भ
ब्यस्तता वा दौडधुप बढे पनि अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । चिताएको कामले राम्रै लाभ दिलाउनेछ । पढाइलेखाइमा प्रगति होला । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । व्यापारमा राम्रै फाइदा हुनेछ । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । स्वास्थ्यगत समस्याबाट पार पाइएला । मिठो भोजन प्राप्त हुनेछ ।
मीन
दिन उत्साहपूर्ण रहला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । नयाँ कामको प्रस्ताव आउनेछ तर मुख्य काममा बाधा हुने योग छ । साझेदारीको काम भने बन्नेछ । दाम्पत्यसुख रहला ।