पेट्रोलको मूल्य बढ्यो

0 Shares

काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । सोमबार बिहान एक बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो ।

निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रूपैयाँ बढाएको जानकारी दिएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको मूल्य सूचीअनुसार निगमले नयाँ मूल्य कायम भएको हो ।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर चार रूपैयाँ ७६ पैसा बढाएर पठाएको छ ।

डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य घटाएर पठाएको छ । तर, नेपाली बजारमा घाटा भएकाले निगमले ग्यास, डिजेल र मट्टीतेलको मूल्य भने कायम राखेको छ ।

 

सम्बन्धित समाचार