आज मिति २०८१ साल चैत २८ गते बिहीबार । चैत शुक्ल पक्षको त्रयोदशी तिथि । तदनुसार सन् २०२५ अप्रिल १० तारिख । भद्रकाली रथयात्रा आरम्भ एवम् महावीर जयन्ती । अब सुरु गरौँ आजको राशिफलः
मेष
पुरानो समस्या सुल्झाउन सकिने र नयाँ योजना बन्ने समय छ । कुनै महत्वपूर्ण काम रोकिएको छ भने पुनः प्रयास गरेमा सफलतादायी ठहरिने छ । धैर्यसाथ काममा जुट्नु हितकर होला । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्ने योग रहेकोले सजगताको खाँचो छ ।
बृष
विभिन्न अवसरले पछ्याउने छन् भने रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुने दिन छ । तथापि, व्यवसायमा भने लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी अनुभूति हुनसक्छ, ध्यान राख्नुहोला । परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउनसक्ने योग छ ।
मिथुन
आजको दिन स्वास्थ्यगत कमजोरीका बाबजुद कामको दायित्व वृद्धि हुने देखिन्छ । महत्वपूर्ण तथा चिताएको कार्य पूरा गर्न मुस्किल नै पर्ला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिने योग छ । केही खर्च लागे पनि दिगो आयस्रोत जुटाउन सकिने समय छ ।
कर्कट
आजको दिन केही चुनौती वृद्धि होला । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेबाट धोका पाइने सम्भावना छ । समयमा होश नपुग्नाले खर्च वृद्धि हुने देखिन्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सजग रहनु होला ।
सिंह
पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने दिन छ । अभिप्रेरणा जगाउनेहरू प्रशस्तै भेटिनेछन् । लाभदायीे यात्राको प्रक्रिया अघि बढ्ला । परिस्थितिसँग केही सम्झौता गर्नु परे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला ।
कन्या
मिश्रित फलदायी समय छ । बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीले फाइदा दिलाउने छन् । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । अध्ययन अध्यापन कार्यमा समय दिन नसकिएला । लेनदेनको विवादले हानि पुऱ्याउन सक्छ, सजग रहनु होला । पहिलेका समस्या दोहोरिन सक्छन् ।
तुला
नाम, दाम र इनाम कमाउने समय छ । सोचेको काम बिस्तार अघि बढ्ने देखिन्छ । स्वास्थ्यप्रति भने विशेष सजगताको दरकार छ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ला । लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् । तपाईंका कमी–कमजोरीमाथि टिप्पणी हुन सक्छ ।
बृश्चिक
प्रतिष्ठित कामको जिम्मेवारी मिल्न सक्ने समय छ । धनआर्जनको बाटो खुल्ला । तथापि, सानातिना काम वा घरेलु समस्याले कतिपय महत्वपूर्ण कार्यमा अडचन पैदा गर्नसक्छ, ध्यान राख्नुहोला । भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ ।
धनु
व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन्, तर इच्छाशक्ति एवं मिहेनतले राम्रै फाइदा दिलाउला । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धामा अगाडि परिने योग छ । भौतिक साधन जुट्नेछन् भने उद्योग–व्यापारमा विशेष फाइदा हुनेछ ।
मकर
शुभदायी समय छ । नयाँ व्यवसाय सुरु गर्ने मौका जुर्ला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ भने आर्थिक कारोबार हुने देखिन्छ । विभिन्न उपहार प्राप्त हुने योग छ । सहयोगीहरूले राम्रो साथ दिनाले रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्न सकिने छ ।
कुम्भ
अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । मेहनतले धेरैको विश्वास जित्न सकिएला । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहने छ । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्ने छ ।
मीन
सुख र दुःख दुवै प्रकारको अनुभूति दिलाउने दिन छ । उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्नु उचित हुनेछ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिने छ ।