0
Shares
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छ्न् । धरानको खानेपानीको समस्या दर्शाउँदै उनले समाधानको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
साम्पाङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेर प्रधानमन्त्री भेटेका हुन् । साम्पाङसँग उनले प्रधानमन्त्री ओलीले धरानबासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको जानकारी गराएका छन् ।
‘धरानबासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि संघीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानबासीलाई सुनाइदिनुहोला’, प्रधानमन्त्रीले भने ।