आज मिति २०८१ चैत्र २५ गते सोमबार । सन् २०२५ अप्रिल ७ तारिख । नेपाल सम्बत ११४५ चिल्लाथ्व दशमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ४७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजोर २४ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने दिन छ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने सकिनेछ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । अनुकूलता वृद्धि हुनाले चुनौतीहरू स्वतः हट्ने छन्।
बृष
मिश्रित फलदायी हिन छ । सोचेको विशेष काम आज सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । तर, अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल भएको अनुभीत होला । नजिकका साथीभाइ टाढिन सक्छन् । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला ।
मिथुन
आजको दिन काम बिग्रने डरले सताइरहने देखिन्छ । बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइने योग छ । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिएला, सजग रहनुहोस् ।
कर्कट
कर्मबल वृद्धि हुनेछ । रोकिएको काम बन्ला । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । रमाइलो याात्रा हुने देखिन्छ । धनलाभको सम्भावना छ । समस्यामा आमाको माध्यमबाट काम बन्न सक्छ । समग्रमा दिन रमाइलैसँग बित्ने छ ।
सिंह
पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्ला । ठूलै फाइदाको आश्वासन मिल्न सक्छ । विशेष योजनाहरू बन्ने योग छ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्ला । सबल स्वास्थ्यका लागि मसलाजन्य खानाबाट आजको दिन विशेष सावधान रहनु हितकर होला कर्मबल बढ्ने छ ।
कन्या
बुद्धि विवेकको सही उपयोग हुन सक्दा विशेष लाभ मिल्ने समय छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुन सक्छ । कार्यगति बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । तथापि, आजको दिन अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ ।
तुला
सहयोगीहरूले राम्रै साथ दिने र काममा सोचेजस्तै सफलता मिल्ने समय छ । पारिवारिक जमघटमा मन रमाउनेछ । प्रतिस्पर्धी परास्त होलान् । तथापि अनावश्यक भेटघाटको अलमलले नोक्सान गर्न सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला, ध्यान राख्नु होला ।
बृश्चिक
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने तथा काममा लगानीको समय छ । पराक्रम र उत्साह बढ्ला । उद्योग–व्यापारमा विशेष फाइदा हुने तथा धन आर्जनको योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । विदेश भ्रमणका लागि प्रयत्न गर्दा सफलता मिल्न सक्छ ।
धनु
काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त भए पनि नियमित कार्यमा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । सहयोगीहरूबाट अलिक धोका पाइने सम्भावना छ, सावधान रहनु होला ।
मकर
व्यस्तता वृद्धिसँगै लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । साझेदारीमा पनि फाइदा हुने देखिन्छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । तर, स्वास्थ्य केही कमजोर रहने योग छ । प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला ।
कुम्भ
रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्ने छ ।
मीन
पराक्रम वृद्धि हुनेछ तर होसियारीसाथ काम लिनुपर्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने योग भएपनि फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कृषिकर्म र व्यावसायिक काममा राम्रै फाइदा हुनेछ ।