गृहमन्त्रीमाथि छानवीन गर्न संसदीय समिति बनाउनुपर्ने काँग्रेसको माग कायमै

0 Shares

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानवीन गर्न संसदीय छानवीन समिति बनाउनुपर्ने मागलाई कायमै राखेको छ ।

आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले गृहमन्त्रीमाथि छानविन गर्नुपर्नेमा गृहमन्त्रीको जिम्मेवारीमा पुगेको भन्दै यसले संशय पैदा भएको बताए ।

उनले प्रधानमन्त्री र सुरक्षा निकायको प्रमुखले पनि न्यायाधीश जस्तो गरी क्लिनचिट दिएको बताए। उनले प्रधानमन्त्रीले ठूलो माछालाई काखीमा च्यापेर सानो माछा खोजेको बताए । उनले चाँडो भन्दा चाँडो संसदीय समिति बनाउन माग गरे ।

संसदीय छानवीन समिति नबनेमा काँग्रेस संसद अवरोध गर्ने तहसम्म पुग्ने उनले चेतावनी दिए ।

सम्बन्धित समाचार