आज मिति २०८१ साल चैत २४ गते आइतबार । चैत शुक्ल पक्षको नवमी तिथि । आज रामनवमी व्रत । तदनुसार सन् २०२५ अप्रिल ६ तारिख । अब सुरु गरौँ आजको राशिफलः
मेष
श्रम गरेअनुसारको सुखद परिणाम प्राप्त नहुने समय छ । अरूका लागि बुद्धि खर्चनुपर्ला । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ, सजग रहनुहोला । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहने छ । यसका बाबजुद मेहनतले धेरैको विश्वास जित्न सकिने छ ।
बृष
शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ भने यात्रामा विशेष लाभ हुने देखिन्छ । तथापि, तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । आश्वासन दिनेहरूले झुक्याउने सम्भावना रहेकाले परिस्थितिले अप्ठ्यारो मोडमा पुऱ्याउन सक्छ ।
मिथुन
दाम्पत्य जीवन सुखद र समृद्ध बन्ने तथा प्रेमको बन्धन कसिने समय छ । प्रतिस्पर्धीहरूले हार खाने छन् भने इर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिने छ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने देखिन्छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिएला ।
कर्कट
मिश्रित फलदायी समय छ । मेहनतअनुसारको फल प्राप्त हुनेछ भने व्यवसायमा लाभ नै मिल्ला । व्यावसायिक यात्राको सम्भावना पनि छ । यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । सवारी साधन उपयोग गर्दा आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला ।
सिंह
प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिने दिन छ । इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन होला । आजको दिन स्वास्थ्य भने केही कमजोर रहेको अनुभूति हुन सक्छ, ख्याल राख्नुहोला । महत्वपूर्ण काममा ढिलासुस्ती हुनसक्ने योग छ ।
कन्या
मेहनतीका लागि समय उत्साहजनक रहे पनि अलिक बाध्यताका काममा जुट्नुपर्ने देखिन्छ । केही विवादमा समेत परिने सम्भावना छ, सजग रहनुहोला । प्रतिस्पर्धी परास्त हुनेछन् भने सहयोगीहरूले राम्रै साथ दिने देखिन्छ । आफन्तजनको साथ मिल्नेछ ।
तुला
पराक्रम र उत्साह बढ्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने देखिन्छ । मुद्दा–मामिलामा विजयी भइएला । धन आर्जनको मौका जुर्ने देखिन्छ । तथापि, नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ने देखिन्छ ।
बृश्चिक
आजको दिन अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्ने छन् । परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । साझेदारीमा समस्या आउने योग छ । तर, तपाईंको विशेष योजनाले मूर्तरूप पाउने समय हो यो । बौद्धिक कार्यमा सफलता मिल्ने देखिन्छ ।
धनु
विभिन्न भौतिक साधनहरू जुट्ननाले प्रशन्नता मिल्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने देखिन्छ । तथापि, आफन्तसँग असमझदारी बढ्न सक्छ । केही बाध्यताका काममा अलमलिनुपर्ला ।
मकर
दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । तर, रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने योग छ । व्यवसायिक कार्यबाट सोचेको लाभ नमिल्न सक्छ ।
कुम्भ
बौद्धिक कार्यबाट राम्रै धनलाभ हुने दिन छ । आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिएला । विशिष्टजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनरअध्यापनमा प्रगति हुने देखिन्छ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ, ध्यान राख्नुहोला ।
मीन
पराक्रम वृद्धि हुनेछ भने अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । मनोकुल कार्य गर्न सकिने देखिन्छ । कामले कीर्तिमानी दिलाउला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।