रास्वपाले डिपी अर्याललाई तोक्यो कार्यवाहक सभापति

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई कार्यवाहक सभापति तोकेको छ।

गएराति भर्चुअल माध्यमबाट बसेको रास्वापाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपसभापति डिपी अर्याललाई कार्यवाहक तोक्ने सभापति लामिछानेको निर्णयलाई अनुमोदन गरेको हो।

शुक्रबार उच्च अदातल तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो। उनी शुक्रबार राति नै बूढानीलकण्ठस्थित घरबाटै पक्राउ परेका थिए । लामिछाने गत सोमबारदेखि मात्रै पार्टी जिम्मेवारीमा फर्किएका थिए।

सहकारी ठगी कसुरमा कात्तिक २ गते पक्राउ परेपछि उनी पार्टी गतिविधिमा निष्क्रिय थिए। त्यतिबेला पनि डिपी अर्याल नै कार्यवाहक तोकिएका थिए।

सम्बन्धित समाचार