आज मिति २०८१ चैत्र २२ गते शुक्रबार । सन् २०२५ अप्रिल ४ तारिख । नेपाल सम्बत ११४५ चिल्लाथ्व सप्तमी तिथि । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजोर २३ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने समय छ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । तथापि, बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ, बोलीमा लगाम लगाउनु हितकर होला ।
बृष
शुभतासँगै प्रगतिको दर बढ्नेछ । तपाईंबाट भएरगरेका कामबाट धेरैलाई फाइदा पुग्ने देखिन्छ । सहयोगीहरूले काममा साथ दिनेछन् भने व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुने योग छ । व्यापार(व्यवसायमा राम्रै फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुने छन् ।
मिथुन
आजको दिन पहिलेका कमजोरी सुधार्दै लाभ उठाउने अवसर मिल्न सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ । तर अनावश्यक भ्रमण हुन सक्छ, सजग रहनुहोला । स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ । मेहनतले राम्रै प्रतिफल दिलाएपनि खर्च वृद्धि हुने योग छ ।
कर्कट
ब्यस्तता वृद्धि हुने दिन छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ला । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन् । व्यावसायिक काममा खर्च बढ्ने योग छ ।
सिंह
पहिलेको सफलताले थप हौसला जगाउने समय छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । तथापि, विद्यामा कमजोरी र लेनदेनमा विवादको सम्भावना छ।
कन्या
लाभ हुने काम प्रारम्भ गर्ने र कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्ने देखिन्छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । समयमा चिताएको काम सम्पादन नहुन सक्छ, सजग रहनुहोला ।
तुला
मेहनत गर्दा राम्रै आर्जन हुने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्ला । कामको चापबाट फुर्सद पाइने छ । सुखदुःखमा साथ दिनेहरू भेटिने छन् । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउने योग छ । बोलीको प्रभाव पनि बढ्ला । प्रेमभाव वृद्धि र आरोग्यबल बढ्ने छ ।
बृश्चिक
पराक्रम का साथै ब्यस्तता बढ्ने छ । दिगो योजना प्रारम्भ हुन सक्छ, तर उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । साझेदारीमा फाइदा हुनेछ भने आयआर्जनका स्रोत बढ्ने योग छ । अरूका काममा समय दिनुपर्ने सम्भावना छ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन्, सजगता अपनाइ व्यवहार गर्नु होला ।
धनु
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने समय छ । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । सवारीसाधन चलाउँदा आजको दिन विशेष सावधानी अपनाउनुहोला । दीर्घकालीन रूपमा फाइदा मिल्ने काममा हात हाल्ने योग छ । तार्किक क्षमता बढ्ने छ ।
मकर
शुभदायी समय छ । नयाँ कामको प्रस्ताव आउने छ भने सहयोगी प्रशस्तै भेटिने छन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । धन आर्जनको योग छ । रुचिका विषयमा लगानी बढाउन सकिने छ । इर्ष्या गर्नेहरूले काममा अवरोधको प्रयत्न गर्न सक्छन्।
कुम्भ
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । परिवारजनको साथले काममा उत्साह जगाउने छ । प्रेम र मित्रताको बन्धन कसिने छ भने दाम्पत्यजीवन सुखमय बन्ने छ ।
मीन
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउने समय भएपनि सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ । अस्वस्थताको अनुभूति होला । अस्वस्थताका बाबजुद दायित्व भने बढ्ने देखिन्छ ।