चैत्र २० गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८१ साल चैत २० गते बुधबार । चैत शुक्ल पक्षको चौथी तिथि । तदनुसार सन् २०२५ अप्रिल २ तारिख । अब सुरु गरौँ आजको राशिफलः

मेष

पहिलेको सफलताले थप हौसला जगाउने र प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । रसरागको भाव वृद्धि हुने देखिन्छ ।

बृष

तपाईंको प्रतिभाले लाभ दिलाउने समय छ । अध्ययन तथा लेखन कार्यमा राम्रै प्रगति होला । सहयोगी भेटिने छन् । नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुने योग छ । बिछोडिएका परिवारजनसँग भेटघाट होला । यात्रागत कार्यमा सफलता मिल्ने छ ।

मिथुन

मनको डर उत्साहमा रूपान्तरित हुने दिन छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जन पनि राम्रै हुने योग छ । परिवारजनसँग आत्मीयता बढ्नुका साथै मित्रहरू सहयोगी बनेर देखापर्ने छन् । सुखद यात्राको सम्भावना छ ।

कर्कट

केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने समय छ । व्यवसायमा थप लगानी बढाउन सकिएला । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । आजको दिन विवादमा पर्नुबाट जोगिन प्रयत्न गर्नु हितकर रहने छ ।

सिंह

दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने भएपनि आजको दिन आर्थिक कारोबारमा सजगता अपनाउनु हितकर होला । अनावश्यक दौडधुपमा समय बित्ने सम्भावना छ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । पतिपत्नीबीच घरसल्लाह नमिल्ने योग रहेकोले सचेत रहनुहोला । यात्राको सम्भावना छ । स्वास्थ्य सबल रहला ।

कन्या

दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । प्रेम र मित्रताको गाँठो कसिएला । साझेदारीमा पनि फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । तार्किक क्षमताले सम्मान दिलाउला । लाभ हुने काम प्रारम्भ गर्न सकिने छ ।

तुला

व्यवसायमूलक काममा राम्रै फाइदा हुने समय छ । काम देखाएर विशेष उपलब्धि हात पार्न सकिएला । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । पारिवारिक सुख मिल्ने छ । आजको दिन खर्च नियन्त्रणको विशेष प्रयास गर्नु हितकर रहला ।

बृश्चिक

पहिलेका कर्मको प्रतिफल पाइनेछ, साथै कामको चापबाट पनि फुर्सद मिलेको अनुभूति होला । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । प्रतिस्पर्धीहरूबाट आजको दिन विशेष सजग रहनु उचित होला । खर्च वृद्धि हुने योग छ, नियन्त्रणको प्रयास गर्नु होला ।

धनु

प्रतिस्पर्धीले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने समय छ । बोलीको भरमा काम सम्पादन होला । तपाईंको विचारप्रति प्रशंसकहरू विशेष आकर्षित हुनेछन् । सुन्दर पहिरनमा रमाउँदै व्यक्तित्व निखार्ने अवसर प्राप्त होला । अधिकारका लागि केही संघर्ष हुन सक्छ । स्वास्थ्य सबल रहने छ ।

मकर

उत्साहजनक समाचारले मन प्रशन्न हुने दिन छ । सन्तानका माध्यमबाट पनि काम बन्ने देखिन्छ । गरिएका कामको राम्रै मूल्यांकन होला । विभिन्न भौतिक साधनहरू जुट्नेछन्, जसबाट प्रशन्नता मिल्नेछ । विभिन्न भौतिक साधन जुट्ने योग छ ।

कुम्भ

विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । तथापि, सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । आर्जित धन खर्च हुन सक्छ, सजग रहनुहोला । व्यापारमा आफ्नै प्रयासले लाभ मिल्न सक्छ ।

मीन

आजको दिन पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । काम बिग्रने डरले सताइरहला । दाम्पत्य सम्बन्धमा पनि शंका र असमझदारी बढ्ने योग रहेकाले सजग रहनुहोला । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । फजुल खर्च बढ्ने देखिन्छ, नियन्त्रणको प्रयास गर्नुहोला ।

 

सम्बन्धित समाचार