गौशाला २६ को फोटो सार्वजनिक गर्न युवक पक्राउ

0 Shares

काठमाडौं । गौशाला २६ को व्यक्तिगत गोपनियता भंग गरेको आरोपमा प्रहरीको केन्द्रीय साइबर ब्यूरोले एक जनालाई पक्राउ गरेको छ ।

गत पुस २६ गते गौशाला २६ ले दिएको जाहेरीका आधारमा गोपनियता भंग गरेको आरोपमा सङ्खुवासभाका ३२ वर्षीय केशरमान राईलाई प्रहरीले पक्राउ गरेको हो ।

ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले भने, “राईलाई आजै सङ्खुवासभा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको र आजै काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।”

सामाजिक सञ्जालमा आफ्नो नाम र तस्बिर सार्वजनिक गर्नेविरुद्ध कारबाहीको माग गर्दै गौशाला २६ ले ब्यूरोमा उजुरी दिइएकी थिइन् । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट गौशाला २६ पीडित भएकी युवती हुन् ।

काठमाडौं जिल्ला अदालतले लामिछानेलाई उक्त मुद्दामा आठ वर्ष जेल तथा जरिवाना र क्षतिपूर्ति स्वरुप पाँच लाख तिर्नु पर्ने फैसला गरेको थियो ।

सम्बन्धित समाचार