बजारमा पाइन थाल्यो निगुरो, कति पर्छ किलोको ?

0 Shares

काठमाडौं । बजारमा निगुरो पाइन थालेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।आजभोलि कालीमाटी बजारमा निगुरो प्रतिथोक मूल्य ५० देखि ६० रूपैयाँमा कारोबार भइरहेको छ।

एक सातादेखि बजारमा निगुरो आउन सुरू भएको नेपाल फलफूल तथा तरकारी व्यवसायी संघ, काठमाडौंका पूर्व अध्यक्ष खोम प्रसाद घिमिरेले जानकारी दिए। ‘अहिले थोरै मात्रामा आइरहेको छ। अब विस्तारै निगुरोको आपूर्ति बढ्दै जान्छ,’ उनले भने।

उनका अनुसार हाल कालीमाटी बजारमा निगुरो पूर्वी जिल्ला धरान, धनकुटा लगायतका क्षेत्रबाट आइहरेको छ। निगुरो किलोको हिसाबमा भन्दा धेरै मुठाको हिसाबमा बिक्री भइरहेको उनी बताउँछन्। ‘किसानले मुठा बाधेर पठाएका हुन्छन्। त्यही भएर अधिकांशले मुठाकै मूल्य दिन्छन्,’ उनले भने।

अहिले बजारमा निगुरो प्रति मुठा थोक मूल्य २० देखि ३० रूपैयाँमा कारोबार भइरहेको छ। उपभोक्ताले भने ४० देखि ५० रूपैयाँसम्म तिरिरहेका छन्। निगुरोको मुख्य सिजन वैशाख-जेठ हो। त्यो समयमा भने मूल्य घट्ने उनको भनाइ छ।

सम्बन्धित समाचार