विद्यालयका तत्कालीन लेखापाल र व्यवस्थापन समितिका अध्यक्षविरुद्ध मुद्दा दायर

0 Shares

काठमाडौं । दाङको जनज्योति माध्यमिक विद्यालयका तत्कालीन लेखापाल चूडामणि पोखरेल र व्यवस्थापन समितिका अध्यक्ष जगदीश चौधरीविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीहरूविरुद्ध शैक्षिक सत्र २०७२ र २०७३ मा विद्यालयमा अध्ययनरत विद्यार्थीबाट निजी स्रोत शिक्षकलाई तलब खुवाउने बहानामा विभिन्न शीर्षकमा चर्को शुल्क लिई अनियमितता गरेको आरोप छ ।

लेखापाल पोखरेलको नाममा बेरुजु देखिएको र बैठकमा आफूसमेत सामेल भएर निर्णय स्वीकार हस्ताक्षर गरेको बचत आठ लाख ९२ हजार २६७ रुपैयाँ बराबरको रकम विद्यालय व्यवस्थापन समितिलाई कुनै हिसाब नदेखाएको र बैंकमा डिपोजिट पनि नदेखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो जरिवाना सजाय हुन मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

सम्बन्धित समाचार