0
Shares
काठमाडौं । नेपाल कमर्श क्याम्पस स्ववियु निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विद्यार्थी संगठनबाट अध्यक्षमा उम्मेदवारी दिएका नविन ऐरीको उम्मेदवारी खारेज गरिएको छ ।
निर्वाचन समितिका अनुसार भर्ना प्रक्रियामा कैफियत देखिएपछि ऐरीको उम्मेदवारी खारेज भएको हो । योसँगै नेपाल कमर्श क्याम्पस स्ववियुको अध्यक्षमा चार जनाको उम्मेदवारी कायम छ ।
विद्यार्थी नेताका अनुसार उम्मेदवारी पाँच जनाको परेता पनि प्रतिस्प्रर्धा कांग्रेस, एमाले र माओवादी निकट विद्यार्थी संगगठनबीच हुने भएको छ ।
यो क्याम्पसमा कूल ६ हजार ६१७ जना मतदाता छन् । मतदान यही ५ चैतमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।