चैत्र ४ गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८१ चैत्र ४ गते सोमबार । सन् २०२५ मार्च १७ तारिख । नेपाल सम्बत ११४५ चिल्लागा तृतीय तिथि । आज नेपालमा सुर्योदय ६ बजेर १३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १३ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः

मेष

शुभदायी समय छ । अनुकूलता वृद्धि भइ नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिनेछ भने गरेका कामको कदर भइ प्रतिष्ठा बढ्नेछ । अध्ययन तथा अध्यापनमा प्रगति होला । व्यवसायिक उन्नति तथा धनलाभको योग छ । सामाजिक कार्यले वर्चश्व वृद्धि गराउला । प्रेमभाव बढ्नेछ । आमोदप्रमोदको अवस्था रहला ।

बृष

सकारात्मक पराणामदायी कार्यमा व्यस्तता बढ्ने समय छ । नयाँ कार्य तथा जिम्मेवारी हात पार्ने अवसर जुर्ला । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । कार्य सफलता र मित्रजनको साथले आत्मविश्वास जाग्नेछ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । वैदेशिक क्षेत्रको लगानी खेर नजाने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान भइ उत्साह बढ्ने देखिन्छ ।

मिथुन

बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता मिल्ने समय छ । ब्यापार(व्यवसाय लाभदायी रहला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा ज्यादा परिणामदायी हुनेछ । स्वास्थ्य सबल रहला । मित्रजनको सहयोगले रोकिएका काम अघि बढ्ने योग छ । यात्रागत कार्य सार्थक रहनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

आजको दिन मिश्रित फलदायी रहला । विगतमा गरेको गल्तीरकमजोरीका कारण तनाव सिर्जना हुन सक्छ । केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । घरायसी सम्पत्तिको चिन्ताले सताउने योग छ । स्वास्थ्यगत समस्याले सामान्य रूपमा सताउन सक्छ, तर नियमित कार्य सुचारु रहला । प्रतिकुलताका बाबजुद सहयोगीहरूमार्फत महत्वपूर्ण योजना अघि बढ्न सक्छ । रसरागको भाव वृद्धि हुनेछ । पराक्रम वृद्धि तथा शत्रुपक्ष परास्त हुनेछ ।

सिंह

आर्थिक क्रियाकलापमा संलग्नता बढ्ने तथा आम्दानी बढ्ने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला । पढाइलेखाइमा पनि प्रगति हुने देखिन्छ । तथापि, सहयोगीजनबाट धोका मिल्नसक्ने सम्भावना रहेकोले विशेष सजगताका साथ व्यवहार गर्नुहोला । स्वास्थ्य सबल रहनेछ । मनोरञ्जनात्मक क्रियाकलापप्रति आकर्षण बढ्ने छ । बौद्धिक तथा रचनात्मक काम विशेष सफल रहने योग छ । पारिवारिक सुखको अवस्था रहला ।

कन्या

कामको चापबाट मुक्त रही विश्राम पाइने समय छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । ऋणरसापटी लिन या दिन आजको दिन अनुकूल छ । सकारात्मक कार्यका लागि खर्च भने केही बढ्न सक्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ । आफन्तको साथ(सहयोगले रोकिएको काम अघि बढ्न सक्छ ।

तुला

आजको दिन सुखद एवम् शुभदायी रहला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ । यात्रागत कार्यबाट धनआर्जन हुने योग छ । व्यापार बढ्ने, मनोरञ्जनात्मक यात्रा हुने र रमाइलो भेटघाटले मनलाई हर्षित तुल्याउने समय छ । मिठो भोजन प्राप्त हुनेछ । मित्र(मण्डलीमा वर्चश्व बढ्नेछ ।

बृश्चिक

समय मध्यमस्तरको छ । सामर्थ्य वृद्धिका बाबजुद सोचेअनुरुप काम हुन मस्किल पर्ला । नियमित कार्यहरू भने सुचारु नै रहनेछन् । स्वास्थ्यस्थितिमा भने सुधार आउनेछ । मिठो भोजनको आनन्द उठाउन पाइएला । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता मिल्नेछ । खिन्नता बढाउने समाचार सुन्नुपर्ने योग रहेकोले संयमताको दरकार छ ।

धनु

दिन मध्यम खालको छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । परिश्रमअनुसार राम्रै उपलब्धि पाइएला । तथापि, छरछिमेकमा केही असमझदारी बढ्ने योग रहेकोले संयमपूर्ण व्यवहार गर्नु हितकर सावित हुनेछ । पराक्रम वृद्धिका कारण शत्रुपक्ष परास्त हुनेछ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । मित्रजनको साथले समस्याको समाधान हुनेछ ।

मकर

धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । आम्दानीमा कमी आउने छैन तर खासै प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन खर्चको सम्भावना छ । स्वास्थ्य सामान्यरूपले कमजोर रहन सक्छ, सावधानी अपनाउनुहोला । दायित्व निर्वाहमा अब्बल नै रहनुहुनेछ । रसरागमा आकर्षण बढ्ला ।

कुम्भ

सामर्थ्य वृद्धि हुनेछ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । रमाइलो खबर सुन्न पाइनेछ । विपरीतलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ भने मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्ने समय छ । रोकिएको काममा सफलता मिल्ने योग छ ।

मीन

आजको दिन केही चुनौतीयुक्त रहनसक्छ । मित्रजनको साथ मिलेपनि परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, सावधान रहनुहोला । धेरै लगानीपछि कममात्र फाइदा हुने योग छ । लेखनरप्रकाशनसित सम्बन्धित काममा भने सफलता मिल्नेछ । साझेदारीको काम बन्ने छ ।

सम्बन्धित समाचार