आज मिति २०८१ चैत्र ३ गते आइतबार । सन् २०२५ मार्च १६ तारिख । नेपाल सम्बत ११४५ चिल्लागा द्वितीया तिथि । आज नेपालमा सुर्योदय ६ बजेर १४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १३ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । आज कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ । जागिरमा केही अल्छीपन छाउला । काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन्, संयमता र धैर्यका साथ व्यवहार गर्नुहोला ।
बृष
पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम प्राप्तिको समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त होला । कृषिकार्यबाट पनि फाइदा लिन सकिने छ । पढाइलेखाइमा भने खासै मन नजाला । घरमा पहुना आगमनको योग छ । प्रेमभाव बढ्ने छ । परिवारिक सुख र उत्साह बढ्नेछ ।
मिथुन
कतै अतिथिका रूपमा सम्मान पाइने समय छ । आजको दिन प्रायः सबै काम बन्ने छन्, मित्रजनको साथ–सहयोग पनि पाइनेछ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन राम्रै हुने देखिन्छ । आम्दानीको नयाँ श्रोत फेला पर्ने योग छ । ठूला व्यक्तिको विश्वास प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ, शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।
कर्कट
आजको दिन भाग्यले खासै साथ नदिने देखिन्छ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । स्वास्थ्यमा पनि केही कमजोरी अनुभव हुनेछ । वैदेशिक कार्यमा असफलता तथा सास्ती मिल्ने योग छ । खर्चवृद्धि तथा धननाशको सम्भावना भएकोले विशेष सतर्कता अपनाइ व्यवहार गर्नु हितकर हुनेछ । सामाजिक मर्यादा जोगाउने प्रयत्न गर्नुपर्ला । शत्रुमाथि भने विजय प्राप्त गर्न सकिने छ ।
सिंह
दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुने समय छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । मित्र एवम् आफन्तजनबाट साथ समर्थन एवम धन प्राप्त हुने योग छ । कुनै काममा नजिकको नातेदारको समर्थन मिल्नेछ । धनलाभ होला । आरोग्यता रहनेछ । रसरागको भाव जागृत हुनेछ । मनोरञ्जनका साथ दिन बित्ने देखिन्छ ।
कन्या
परिवारजनबाट सुखको अनुभूति हुने समय छ । धन कमाउने बाटाहरुको थालनी होला । आजको दिन तपाईंलाई अनौठो तरिकाबाट धनलाभ हुन सक्छ । विशेष काममा सफलता मिल्ने देखिन्छ । परिवारमा पनि सुखको माहोल बन्नेछ । कार्यगति बढ्नेछ । समग्रमा दिन खुशीसाथ बित्ने देखिन्छ ।
तुला
आजको दिन हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा बित्ने देखिन्छ । रमणीय र सुखद यात्राको योग छ । परिवारमा खुशीको माहोल छाउनेछ । नयाँ ठाउँको यात्राको योग छ । पुराना साथीसँगको भेटघाटले मन हर्षित रहला ।आयबल बढ्नेछ । समग्रमा दिन रमाइलो छ ।
बृश्चिक
खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । भौतिक साधनको पनि क्षति हुने सम्भावना छ, सावधानी अपनाउनुहोला । दैनिक प्रयोगको सामानमा खराबी आउनाले अर्थहानी हुन सक्छ । स्वास्थ्यगत समस्याको योग रहेकोले विशेष सावधानीको दरकार छ । सामान्य रोगब्याधले पनि सताउन सक्छ । तथापि, दह्रो आत्मविश्वासले कर्मबल बढाउला । मिठो भोजन प्राप्त हुनेछ । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ व्यवहार गर्नु बेस होला ।
धनु
मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने समय छ । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल रहला । तथापि, आजको दिन सोचेअनुसार सबै काम सम्पन्न भने नहोला । महत्वपूर्ण योजनामा बाधा ब्यहोर्नु पर्ला । अरुको काम धेरै गर्नुपर्ने तर जश भने कममात्र मिल्ने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य बन्ने छ । यात्रागत कार्यमा सफलता प्राप्त होला ।
मकर
जोखिम वृद्धि भए पनि आजको दिन आवश्यक र उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । बन्दव्यापारबाट लाभ मिल्ने योग छ । स्वास्थ्य सबल रहला । सामाजिक कार्यले सम्मान दिलाउला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्ने छ ।
कुम्भ
दिन शुभदायी छ । नयाँ कामको योजना बनाउँदा फाइदा हुन सक्छ । ब्यापार–ब्यवसाय बाट पनि लाभ मिल्ने देखिन्छ । आज तपाईंलाइ काममा जाँगर चल्नाले मन खुशी रहला । आफन्तले पनि काममा साथ दिनेछन् । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ नै हुनेछ । दाम्पत्य सुख बढ्ला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ ।
मीन
आजको दिन खासै सन्तोषजनक नरहला । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ, चोटपटकको भय पनि छ, सजगता अपनाउनुहोला । छरछिमेकसँग सामान्य मनमुटाव पर्ने देखिन्छ । कुराकाटनेहरू सक्रिय रहलान् । ओहदावाल वा ठूला व्यक्तिबाट आलोचना हुनेछ । कसैसँग बादविवादको सम्भावना रहेकोले संयमता अपनाउनु हितकर होला ।