धुलिखेलमा बस दुर्घटना, १८ जना घाइते

0 Shares

काठमाडौं । काठमाडौँबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ । धुलिखेल नगरपालिका १० सारादा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

बागमती प्रदेश३–०१–००५ ख ९९४२ नम्बरको बस आज बिहान ०८ः२० बजेको समयमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेमा बस चालक र सह(चालकसहित १८ जना घाइते भएका छन्। बसमा २४ जना सवार थिए । घाइतेहको धुलिखेल अस्पतालमा उपचार भइरहेकोप्रहरीले जनाएको छ । चालक र सहचालक गम्भीर घाइते छन्।

बस घटनास्थलमै रहेकोले राजमार्गमा एकतर्फी मात्रै सञ्चालन भएको छ ।

सम्बन्धित समाचार