काठमाडौंमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

0 Shares

काठमाडौं । काठमाडौंमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-१ विश्‍वज्योती हल नजिक सडकमा भोटाहिटीदेखि त्रिचन्द्रतर्फ जाँदै गरेको बा.५ ख ८७६१ नम्बरको बसको ठक्करबाट साइकलयात्री ओखलढुङ्गा घर भई काठमाडौं डल्लु बस्ने ५६ वर्षीय अम्बर बहादुर बोगटीको मंगलबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार