0
Shares
पोखरा । वडा सचिवमाथ आक्रमण गरेको अभियोगमा प्रक्राउ परेका बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति मिलेको छ ।
वडाका सचिवमाथि कुटपिट गरेको आरोपमा प्रहरीले गुरुङलाई सोमबार पक्राउ गरेको थियो। उनलाई कुटपिट तथा अभद्र व्यवहारको मुद्धामा १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले अनुमति दिएको हो । सोमबार बिहान वडाध्यक्ष गुरुङले आफ्नै वडाका सचिव नवीन भुसाललाई कुटपिट गरेका थिए।
गाउँपालिकाले वडासचिवमाथि कुटपिट भएको भन्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेपछि सोही आधारमा प्रहरीले वडाध्यक्षलाई पक्राउ गरेको थियो।