0
Shares
काठमाडौं । त्रिभुवन विश्वविद्यालय विभिन्न पदमा आवेदन माग गरेको छ । सेवा आयोगको कार्यालयले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो ।
आज एक सूचना जारी गर्दै विश्वविद्यालयले प्रशासनिक र प्राविधिक पदमा बढुवा, आन्तरिक तथा खुला, प्रतियोगिताद्वारा पदोन्नति तथा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी सूचना जारी गरेको हो ।
योग्यता पुगेका नेपाली नागरिकले आगामी चैत ११ गतेसम्म आवेदन दिन सक्ने छन् । दोब्बर दस्तुर बुझाएर चैत १८ गतेसम्म आवेदन दिन सकिने सूचनामा जनाइएको छ ।
