प्रेस सेन्टर बागमती अध्यक्षमा अधिकारी चयन

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको अध्यक्षमा ध्रुव अधिकारील सर्वसम्मत रुपमा चयन भएका छन् । प्रेस सेन्टर नेपाल बाग्मती प्रदेशको पाँचौ अधिवेसनबाट अध्यक्षमा अधिकारी चयन भएका हु्न् ।

उपाध्यक्ष खुलामा राजन अधिकारी उपाध्यक्ष (समावेशी) गौतम जिरेल, उपाध्यक्ष (महिला) अन्जली तामाङ चयन भएका छन्।

यस्तै बागमती प्रदेश महासचिव नवीन श्रेष्ठ सचिव (खुला) सुमन गैरे, सचिव (खुला) मणि सुन्दर कोइराला, सचिव (जनजाति) रोजन तामाङ,सचिव (महिला) भावना रिजाल, सचिव (दलित) गम्भीर विक, कोषाध्यक्षमा राजेन्द्र गजुरेलर लेखा संयोजक बाल गोविन्द न्यौपाने
चयन भएका छन् ।

सम्बन्धित समाचार