पौन एक किलो सुन र तीन किलो चाँदीसहित भारतीय युवक पक्राउ

0 Shares

काठमाडौं । आधा किलोभन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक मुकेश महादेव चाँगु रहेका छन् ।

भारतको महाराष्ट्र घर भएका ३० वर्षीय चाँगुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सुनसहित पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले ७६१.६६ ग्राम सुन बरामद भएको हो । यसैगरी ३ किलो १ सय ग्राम चाँदीसहित ५ लाख १० हजार नगद पनि बरामद भएको छ ।

विदेशबाट आएका व्यक्तिहरुको सुन किनेर उनले बेच्ने गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार