0
Shares
काठमाडौं । झापामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन् । भोजपुर टेम्केमैयुङ गाउँपालिका घर भइ हाल जिल्ला मोरङ कानेपोखरी गाउँपालिका ७ बस्दै आएका ४९ वर्षीय सई धनराज खतिवडा मृत फेला परेका हुन्।
आइतबार बिहान भद्रपुर नगरपालिका ८ स्थित जिल्ला प्रहरी कार्यालय झापामा रहेको ब्यारेकमा सई धनराज खतिवडा मृत भेटिएका हुन्। उनि माथिल्लो तलाको पानी ट्यांकी जाने फलामको भर्याङमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
झापा प्रहरीका अनुसार सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ ।