बागलुङमा टिपर दुर्घटनामा परी चालकको मृत्यु

0 Shares

 काठमाडौंं । बागलुङको निसीखोला गाउँपालिका टिपर दुर्घटना हुँदा चालकको मृत्यु गएको छ । आज साँझ रुकुम पूर्वबाट बागलुङको बुर्तिङतर्फ जाँदै गरेको ग१क ६१८९ नंको टिपर निसीखोला गाउँपालिका–६ लामिडाँडामा दुर्घटना भएको थियो ।

दुर्घटनामा गुल्मीको इस्मा गाउँपालिका–३ का ४७ वर्षीय चालक कृष्ण कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिए ।

टिपर सडकदेखि करिब २०० मिटर तल खसेको उहाँले बताए।

सम्बन्धित समाचार