अनेरास्ववियु नेतृ रक्षा बम पक्राउ

0 Shares

काठमाडौँ । नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बम पक्राउ परेकी छन् ।

अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई प्रहरीले मंगलबार काठमाडौँको बालाजु क्षेत्रबाट पक्राउ गरेको हो । बमलाई आपराधिक लाभ लिन नहुने कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार पीडितको मोबाइल समेत कब्जा गरेर अपराधिका लाभ लिएको आरोप छ । उनीविरुद्ध प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार