दुई जिल्लामा टेलिकमको एफटिटीएच नेटवर्क सुरूवात

0 Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमको रुकुम पूर्वको रुकुमकोट र रुकुम-पश्चिमको मुसिकोटमा दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्कबाट ट्रान्समिसन लिंक पुर्याएर फाइवर टू द होम (एफटिटीएच) नेटवर्कको सुरुवात गरेकी छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा एफटिटीएचको भर्चुअल सुरुवात गर्दै सरकारका प्रवक्ता शर्माले कान्छो जिल्ला रुकुममा एफटिटीएच जोड्न पाउँदा खुसी लागेको बताइन् । अब हुम्ला र डोल्पामा पनि सोही सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरिन् ।

मन्त्री शर्माले भनिन्, ‘सूचना र सञ्चारको विकासमा सरकार प्रतिबद्ध छ, पछिल्लोपटक भूकम्प प्रभावित जिल्लामा इन्टरनेट सेवा पुर्याउनु पर्छ ।’

उनले सञ्चारको विकासले अन्य क्षेत्रमा प्रभाव पार्ने भएकाले सञ्चारको विकास अपरिहार्य भएको बताइन् ।

सम्बन्धित समाचार