0
Shares
काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरनगरका मेयर धनराज आचार्य घाइते भएका छन् ।
भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा झिरझिरे पटका पड्काउने क्रममा एक्कासी बेलुनमा समेत आगो लागेर मन्त्री पौडेल र मेयर आचार्यलाई चोट लागेको हो ।
उद्घाटन कार्यक्रमको प्रत्यक्षदर्शीको रुपमा रहेका पत्रकार विष्णुकान्त घिमिरेका अनुसार पटका पड्किउने क्रममा बेलुन आएपछि आगो लागेको थियो ।
सोही क्रममा प्रमुख अतिथिको रुपमा रहेका मन्त्री पौडेल र सभापतिको रुपमा रहेका मेयर आचार्यको गालामा आगोको झिल्काले पोलेको थियो । अहिले उनीहरूको नजिकको अस्पतालमा सामान्य उपचार जारी छ ।
उद्घाटन समारोहमा दिप्रज्वलन गरिएको थिएन । विद्युतीयमार्फत उद्घाटन गरिएको कार्यक्रममा झिलझिले पटका पड्काउने र बेलुन उडाने कार्यक्रम थियो।