धनगढीमा प्रहरीमाथि चक्कु प्रहारको प्रयास

0 Shares

काठमाडौं । मंगलबार राति धनगढीको ट्राफिक चौराहमा प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ ।

राति करिब सवा ८ बजेतिर ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोज्दा चक्कु प्रहारको प्रयास भएको हो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ती युवकले चक्कु प्रहारको प्रयास गरेको देखिन्छ । युवकलाई मंगलबार राति नै पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

यसअघि काठमाडौंको ठमेलमा एमालेका विद्यार्थी नेताहरूले प्रहरीलाई कुटपिट गरेको थियो । तर, उनीहरूलाई कारबाही हुन सकेको छैन ।

सम्बन्धित समाचार