0
Shares
काठमाडौं । कमलपोखरीस्थित सान्दार मःम पसलका दुई कामदारको मृत्यु भएको छ । उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा रबिन राई र भिमबहादुर घलेको मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार राईको सोमबार र घलेको मंगलबार मृत्यु भएको हो । गत बिहीबार बिहान ग्यास विस्फोट हुँदा उनीहरू घाइते भएका थिए ।
ग्यास विस्फोट भई आगालागी हुँदा ११ जना घाइते भएका थिए । जसमा सात जना गम्भीर घाइते भएका थिए । बाँकी घाइतेको उपचार भइरहेको छ ।